Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उदघाटन

काठमाडौँ, फाल्गुन २१ गते । नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले संविधान ल्याउन नेतृत्व गरेको कांग्रेसले तयसको कार्यान्वयनको पनि नेतृत्व गर्ने बताएका छन् । उनले प्रजातान्त्रिक समाजवादको दर्शनमा आधारित रहेर संविधानको कार्यान्वयन गरिने उल्लेख गरे ।

0303201604373413_Convension_Nepali_Congre-1000x0पार्टीको १३ औं महाधिवेशनको उदघाटन सत्रमा बोल्दै उनले दुनियाँले नेपालमा भएको परिवर्तन र समानतामा आधारित समाज हेर्ने बताए । उनले संविधानले मुलुकको हरेक वर्ग र तप्कालाई सम्बोधन गरेको दावी गर्दै संविधानले लोकातान्त्रिक समाजवादलाई चरितार्थ गरेको उल्लेख गरे ।
उनले असन्तुष्ट मधेसी मोर्चालाई सम्बोधन गर्न संविधानमा बाँकी विषयमा पनि संशोधन गरेर अगाडि बढ्न सकिने भन्दै सधैं राजनीति अलमलमै मुलुकलाई राख्न नहुने बताए । ‘सिमांकन सहितको सबै विषयमा हामी उदार छौं,’ उनले भने ।

राजनीति गर्ने मानिसहरुका बारेमा समाजमा बढेको निन्दाप्रति उनले चिन्ता व्यक्त गरे । ‘राजनीति निन्दित भएको देख्दा कहिले काहीँ आत्महत्या गर्न मन लाग्छ,’ उनले भने ‘राजनीतिप्रति विश्वास जगाउनु र सम्मानित गराउनु मेरो उद्देश्य हो ।’ उनले राजनीति गर्ने व्यक्तिप्रति जनताको विश्वार नरहे मुलुक संकटमा पर्ने उल्लेख गरे ।

उदघाटन समारोहमा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले देशका अगाडि देखिएका सम्पूर्ण चुनौतिको सामना कांग्रेसले गर्ने बताए । उनले सिमांकन विवाद, समावेशी समानुपति प्रतिनिधित्वका सवाल, संविधान कार्यान्वयन देखि भारतसँगको चिसोपन हटाउन कांग्रेसले नेतृत्व लिने दावी गरे ।

उनले कुनै पनि बहानामा कसैले लोकतान्त्रिक शक्ति नखोसोस र देशमा एकता बनाएर बढ्ने जिम्मेवारी पनि कांग्रेसमाथि रहेको उनले बताए ।

उदघाटन समारोहमा एमाले अध्यक्षा एंव प्रधानमन्त्री केपीशर्मा अोली, एमाअोवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लाेकतान्त्रिकका अध्यक्षा विजय गच्छदार सहितका नेताहरु र कांग्रेसबाट महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सहित कोषाध्यक्ष चित्रलेखा यादवले मनतव्य राखेका थिए ।

कार्यवाहक सभापति पौडेलले बिहीबार उदघाटन गरेको पार्टीको १३ औं महाधिवेशनको समारोहमा  भारतीय नेताहरु भगतसिंह काेसियारी, नितिश कुमार सहित बंगलादेश, मंगोलियाबाट अाएका राजनीतिक दलका प्रतिनिधिले बोलेका थिए ।   महाधिवेशनमा भाग लिन देशभरबाट कांग्रेस कार्यकर्ताहरु काठमाडौंमा भेला भएका छन् ।

 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget