
कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै नितिस कुमारले यस्तो बताएका हुन्।
‘नेपाली कांग्रेसको इतिहास दशकौं पुरानो छ। यसको १३औं महाधिवेशन हुन लागिरहेको छ। यसका महान नेताहरुले गरेको संघर्षको परिणाम आज नेपालमा लोकतन्त्र आएको छ,’ उनले भने।
कांग्रेसका संस्थापन नेता विपी कोइरालाको स्मरण गर्दै समाजवादी आन्दोलन र उनीसँगको बलियो सम्बन्धले भारतको स्वतन्त्रता संग्राममा सहभागी भएका उल्लेख गरे।
विपी र चक्र बास्तोलासँगै आफू पनि जेलमा रहेको उल्लेख गर्दै नितिसकुमारले भने, ‘नेपाली कांग्रेसका नेताहरुको भारतीय नेता खासगरी विहारका नेताहरुसँग सम्बन्ध थियो। सुशील कोइराला र चक्र बास्तोलाको बिहार जेलमा हुँदा म पनि जेलमा थिएँ’, उनले भने,‘विपी कोइराला र गिरिजाप्रसाद कोइरालासँग मेरो सम्बन्ध थियो। विपी स्वदेश फर्कने बेलामा चन्द्रशेखरसहित हामीले शुभकामना दिएका थियौं।’
राजनीतिक तबरले नेपाल आफ्नो सबै समस्या समाधान गर्न सक्षम रहेको भन्दै उनले भारतीय दलका प्रतिनिधिदेखि सम्पूर्ण भारतको शुभकामना नेपालीलाई दिए। ‘कुनै भ्रम रहनु जरुरी छैन। नेपाल भारतको सम्बन्ध अटूट छ र कुनै कुराले टुटाउन सक्दैन,’ उनले भने।
‘पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल भयो र अहिले सरकारमा छैन यो अलग्गै कुरा हो तर यस दलको सम्मेलनमा दोस्रो दलका शीर्ष नेताहरु प्रचण्ड, प्रधानमन्त्री ओली सबै छन्। यो अदभूत वातावरण अत्यन्त खुशीको क्षण हो,’ उनले भने, ‘नेपालमा एउटा दलको सम्मेलनमा अर्को दलको नेता उपस्थित हुनु नयाँ परम्परा हो र यसबाट नेपाली समस्या दलहरुले आपसमा बसी समाधान गर्न सक्ने कुरामा म विश्वस्त छु।’
Post a Comment