Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सुगौली सन्धिविरुद्ध प्रदर्शन

काठमाडौँ , फाल्गुन २१ गते । सुगौली सन्धिको खारेजीको माग गर्दै उत्रिएका ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’का ११ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

25092015124311Indian-embassy-600x0

सुगौली सन्धि भएको २०० वर्ष पुगेको दिन शुक्रबार लैनचौरस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शनमा उत्रिएका उनीहरुलाई शुक्रबार दिउँसो करिब १ बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपर्नेमामोर्चाका अध्यक्ष फणिन्द्र नेपाल, उपाध्यक्ष बिएन शर्मा, सदस्य छवि पन्थी, जगदीश लानमिछानेलगायत छन् ।

प्रदर्शनका क्रममा उनीहरुले ‘सुगौली सन्धि मान्दैनौं’, ‘अतिक्रमित भूमि फिर्ता गर’लगायतका नारा लगाएका थिए ।

अध्यक्ष नेपालले नेपालले अनाहकमा गुमाएको भूमिबारे जनतालाई जानकारी दिँदै चेतना फैलाउन प्रदर्शनमा उत्रिएको बताए ।

रासससँग कुरा गर्दै उनले भने–‘हामी यो समस्या कूटनीतिक तरिकाले समाधान होस् भन्ने चाहन्छौं, तसर्थ बेलायत सरकारको मध्यस्थतामा सरकारले भारत सरकारसँग यसबारे कुरा गर्नुपर्छ ।’

उनले समस्या समाधान नभएसम्म आफ्नो आन्दोलन जारी राख्ने बताए ।

तत्कालीन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६ मा मार्च ४ मा सुगौली सन्धि भएको थियो । जसबाट नेपालले आफ्नो एकतिहाइ भूमि गुमाएको थियो - See more at: http://imagekhabar.com/samachar/detail/59184/29/.meroml#sthash.Y9aKkLm8.dpuf

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget