Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मोर्चाले कांग्रेसको १३ औं महाधिवेशन बहिष्कार

काठमाडौँ, फाल्गुन २१ गते । प्रधानमन्त्री चुनावमा कांग्रेसलाई भोट हाल्न गएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोही दलको १३ औं महाधिवेशन भने बहिष्कार गरेको छ ।

images (4)

’मधेसविरोधी संविधान बनाउने’ कांग्रेसको निम्ता आफूहरुलाई प्राप्त भए पनि आफूहरु नगएको मोर्चा नेताहरुले बताए । ’मधेसको भोट लिएर पहिलो पार्टी बनेको कांग्रेसले मधेसी जनताकै विरोधमा संविधान बनायो,’ सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले कान्तिपुरसँग भने, ’कांग्रेसले मधेसलाई माया गरेको भए हामी पनि उसलाई माया गर्थ्यौं ।

अबदेखि ठूला दलले हामीलाई जति माया गर्छन्, त्यति मात्रै माया गर्छौं ।’कांग्रेससँगको चित्त दुखाई पोख्न भए पनि कम्तीमा महाधिवेशनमा गएको भए हुन्थ्यो नि भन्ने जिज्ञासाको जवाफमा मोर्चाका अर्का एक नेताले आफूलाई प्राप्त निम्तो पत्रमै ’सुशीलको नेतृत्वमा बनायौं संविधान’ भन्ने भाषाले रिस उठेको प्रतिक्रिया दिए ।

’अरुको शुभ काममा गएर किन अशुभ जस्तो लाग्ने कुरा गर्नु भनी नगएको,’ ती नेताले भने, ’संविधान बनाएको जस लिनेले त्यसकै नाममा मधेसमा ५० मधेसी मारिएको कुरा चाहिँ लेख्नुपर्दैन ? हामीले शुभकामना दिने ठाउँ कहीँ पनि राखिदिएन कांग्रेसले ।’

संविधान र त्यसको नेतृत्वकर्ता दल कांग्रेसको विशेष निम्तो बहिष्कार गर्ने मधेसी मोर्चा गत असोज २४ गते भएको प्रधानमन्त्री चुनावमा भने तिनै कांग्रेसका उम्मेदवार सुशील कोइरालाको पक्षमा भोट हाल्न पुगेको थियो । मोर्चाको माग सम्बोधन गर्नेगरी कांग्रेस नेतृत्वकै सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

सोही प्रस्तावका आधारमा माघ ९ गते संविधानको पहिलो संशोधनसमेत भएको थियो । सीमांकनको मूख्य मुद्दा त्यस संशोधनमा छुटेकाले आफूलाई अस्वीकार्य रहेको मोर्चाले बताउदै आएको छ ।

आठ वर्षअघि दल परित्याग गरेका तत्कालीन कांग्रेस कोषाध्यक्ष तथा हाल तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बुधबार अपराह्न भैरहवा उडे । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव पनि बुधबारै महोत्तरी गए ।

’म काठमाडौं बाहिर भएकाले थाहा भएन, राजेन्द्रजी (श्रेष्ठ) जी जानुभएको होला,’ यादवले टेलिफोनमा भने । तर श्रेष्ठले भने आफूलाई केही जानकारी नभएको बताए । ’निम्ता आएको थियो, संसदको पाचांै दललाई निम्ता नआउने कुरै भएन ।

अध्यक्षज्युलाई बोलाएको थियो, उहाँले मलाई केही भन्नुभएको थिएन,’ श्रेष्ठले भने, ’अस्ति सुशील कोइरालाको शोक सभामा चाहि जान भन्नुभएको थियो ।’ मोर्चामा आवद्ध ७ वटै दलबाट कोही पनि नेता कांग्रेस महाधिवेशनको मञ्चमा देखिएनन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget