
नेपाल मारवाडी परिषद् धरानले आयोजना गरेको विशेष साधारणसभालाई सम्बोधन गर्ने क्रममा मारवाडी अगुवाहरुले यस्तो बताएका हुन् ।
उनीहरुले विगतमा व्यापार व्यवसायमा मात्र केन्द्रित रहेको मारवाडी समुदायपछिल्लो समयमा आफूहरुले आर्जन गरेको रकमको केही अंश सामाजिक कार्यमा समेत खर्च थालिएको बताउदै राष्ट्र निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल मारवाडी परिषद्का केन्द्रीय अध्यक्ष पवन मितलले समुदायको उत्थानको लागि मात्र नभई सामाजिक कार्य, भौतिक पूर्वाधार, मठ मन्दिर निर्माणमा सहयोग लगायतका कार्यहरु गर्दै आएको बताउनुभयो ।
उहाले गणतान्त्रिक नेपालको जारी संविधानमा मारवाडी भाषा संस्कृतिलाई पनि समावेश गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका सचिव कञ्चन अग्रवालले मारवाडी समुदायलाई सामाजिक कार्यमा अझ अग्रसर गर्ने उद्देश्यले युवा संगठन खोलिएको बताउदै अब यसलाई अझ सक्रिय बनाएर लैजाने बताउनुभयो ।
धरान २ गीता मन्दिरमा भएको कार्यक्रममा परिषद्का धरान महासचिव रामअवतार अग्रवाल, नेपाल मारवाडी महिला संगठनकी अध्यक्ष रचना राठी लगायतले मारवाडी समुदायको भाषा, लिपी, संस्कृति र पहिचानको विषयमा स्वयम् मारवाडी समुदाय सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा महासचिव रामअवतार अग्रवालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
- See more at: http://purbelinews.com/purbeli-news/16905/#sthash.3QcibYl5.dpuf
Post a Comment