Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रमको चीन भ्रमणको कार्यसूचीमा खेलकुद पनि

काठमाडौँ, फाल्गुन २२ गते  । आठौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालय भक्तपुरले हात पारेको छ ।

oli-large

भक्तपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको शुक्रबार साँझ समापन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले सैनिक आवासीय महाविद्यालयलाई रु १५ हजारसहित रनिङ सिल्ड प्रदान गर्नुभयो ।

प्रतियोगितामा दोस्रो हुने पारागन एकेडेमी इङ्लिस स्कुल कमलविनायकलाई रु १२ हजारसहित पुरस्कार र तृतीय हुने भक्तपुर इङ्लिस स्कुल गठ्ठाघरलाई रु नौ हजारसहित प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा उसु, कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स, कबड्डीमा छात्र तथा छात्रातर्फ प्रथम हुने विद्यालय र विद्यार्थीलाई पनि पुरस्कार, प्रमाणपत्र एवम् पदक प्रदान गरिएको थियो ।

त्यस अवसरमा भारतमा सम्पन्न साग प्रतियोगितामा फुटबलमा स्वर्ण पदक विजेतामध्येका जगदित श्रेष्ठ, उसुतर्फ रजत पदक विजेता सुस्मिता तामाङ, कबड्डीतर्फ कास्य पदक विजेता सुदेशना प्रजापति र टेबुल टेनिसमा कास्य पदक विजेता शिवसुन्दर गोथेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्त्री मण्डलले खेलाडीलाई खेलबाटै जीवनयापन गर्न सक्ने अवस्था ल्याउनका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग बजेट माग गरिएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमणमा नेपालको खेलको विकासको कार्यसूची राख्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलीप केसी,समितिका उपाध्यक्ष श्यामसुन्दरबस्नेत, नेकपा(एमाले)का केन्द्रीय सदस्य सोम मिश्रलगायतले खेलको विकासमा सरकारले टेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । रासस

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget