Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मधेस आन्दोलनका क्रममा असई हत्या गरेको आरोपमा तीनजना जेल चलान

३ चैत,गौशाला । मधेस आन्दोलनको बेला महोत्तरीमा एक सशस्त्र प्रहरीका असईलाई हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले मङ्गलबार साँझ तीनजनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
जेल चलान हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ बस्ने २५ वर्षीय सञ्जयकुमार साह, वडा नम्बर २ बस्ने ३० वर्षीय प्रदीप साह माझी र परिकौली फुल्हट्टा गाविस–३ हाल जलेश्वर नपा–१७ बस्ने ५५ वर्षीय मोहन ठाकुर रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
महोत्तरी जिल्ला अदालतका १ नं इजलासका जिल्ला न्यायाधीश किरण पोखरेलको आदेशानुसार मङ्गलबार साँझ ५ बजे तीनैजनालाई कर्तव्य ज्यानमुद्दामा पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । जेल जानेहरुले मधेस आन्दोलनका बेला गत भदौ २५ गतेका दिन महोत्तरीमा अवस्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जससागरमा कार्यरत असई थमन बिकलाई कुटपीट गरी हत्या गरेको आरोप लगाइएको छ ।
जेल चलानहुनेहरूलाइ मधेस आन्दोलनका बेला गत भदौ २५ गतेका दिन महोत्तरी जिल्लामा अवस्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जससागरमा कार्यरत असई थमन बिकलाई कुटपिट गरी हत्या गरेको आरोप लगाइएको छ ।
साथै उनीहरुले कुटपिटबाट घाइते असई बिकलाई उपचारका लागि जलेश्वरबाट जनकपुरतिर लैजाँदै गरेको अवस्थामा एम्बुलेन्सबाट झिकी जिल्ला अस्पताल जलेश्वरको एम्बुलेन्समा आगजनीसमेत गरेकामा अदालतले आगजनी मुद्दामा उनीहरुलाई जनही चार हजारका दरले जरिवानासमेत गरेको छ ।
यता आन्दोलनकारीलाई महोत्तरी जिल्ला अदालतबाट जलेश्वर कारागारमा लैजाँदै गर्दा परिवारजनको रुवाबासी चलेको थियो भने जिल्लाका दर्जनौँ नेता तथा सर्वसाधारणले विरोधमा नाराबाजी पनि गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले तीनै जनालाई फागुन २ गते घरैबाट पक्राउ गरेको थियो भने उनीहरुमाथि कर्तव्य ज्यान र आगजनी मुद्दा चलाएर अनुसन्धान गर्दै आएको थियो । यस मुद्दामा प्रहरीले अझै फरार रहेका दुई दर्जन बढी व्यक्तिको खोजतलास व्यापक रुपमा गरिरहेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget