
प्राप्त समाचारअनुसार टर्कीको अङ्कारामा सैनिकको सुरक्षा लस्करलाई मध्यनजर गरी सो हमला गरिएको थियो ।
उक्त आत्मघाती हमलामा परी २८ जनाको ज्यान गएको र अरु कम्तीमा ६१ जना नराम्ररी घाइते भएको बताइएको छ ।
टर्कीका उपप्रधानमन्त्री नुमन कुर्तमस्ले सो दुर्घटनाको पुष्टि गर्नुभयो । उहाँले सो दुर्घटनामा २८ जनाको ज्यान गएको र अरु ६० जनाभन्दा बढी गम्भीर रुपमा घाइते भएको बताउनुभयो ।
तर मारिनेमा सैनिक वा सर्वसाधारण को छन् भन्ने बारेमा भने केही बाइएको छैन । जनाइएअनुसार सो दुर्घटनामा कैयाँै सैनिक घाइते भएका छन् ।
राष्ट्रपति रिसेप ताइप एर्दाेग्यानले दोषीमाथि कडा भन्दा कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले टर्कीका सुरक्षा निकायहरुलाई आक्रमणकारीलाई तत्कालै खोजी गरी कारबाहीको दायराभित्र ल्याउन निर्देशन पनि दिनुभयो ।
विस्फोटक पदार्थले भरिएको एउटा कार सो स्थलमा ल्याएर ठोकाइएको थियो । सो कारमा निकै नै शक्तिशाली विस्फोटक पदार्थहरु राखिएको बताइएको छ ।
टर्कीमा पछिल्ला केही वर्षहरुमा आतङ्ककारी हमलाहरु निकै बढ्न थालेका छन् । टर्कीले सिरियाली सीमाक्षेत्रतर्फबाट यस्तो हुने गरेको भन्दै त्यसतर्फको सीमा बन्द गर्न लगाएको भएपनि आतङ्ककारी हमला भने रोकिएको छैन ।
बुधबार भएको यो पछिल्लो हमलाको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले पनि ती आतङ्ककारी को हुन् भन्ने बारेमा केही बताएको छ । रासस
Post a Comment