Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

टीकापुरमा लुटिएको हतियार फेला पर्‍यो

कैलाली, फाल्गुन १२ गते  । भदौ- ७ गते टीकापुरमा भएको हिंसात्मक झडपका क्रममा आन्दोलनकारी पक्षले लुटेर लगेको प्रहरीको 'मल्टीग्यास गन' घटनाको ६ महिनापछि फेला परेको छ ।

vvgyui

प्रहरीले उक्त हतियार सहित कैलाली हसुलिया-८ बस्ने ३९ वर्षीय निर्दङ्ग भनिने कुकरा चौधरीलाई पक्राउ गरेको छ । प्रहरीले उक्त हतियार दंगा नियन्त्रणका लागि प्रयोग गर्छ ।

कैलाली प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी हतियार र पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । पक्राउ परेका चौधरी मधेसी जन अधिकार फोरमका इलाका स्तरीय नेता हुन् ।
सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी विजय भट्टले हयिारको सिरियल नम्बर मेटाइएको भन्दै थप अनुसन्धान भइरहेको बताए । उनले हतियार सुरक्षाकर्मीबाटै खोसिएको दावी समेत गरे ।
उनले हतियारमा भएको नम्वर मेटाइएकोले  त्यो हतियार नेपाल प्रहरी वा  सशस्त्र प्रहरी कस्को हो अझै यकिन नभइसकेको बताए । उनले टिकापुरको घटनामा नेपाल प्रहरीको एक थान पेस्तोल, एक थान एसएलआर र  एक थान यस्तै मल्टीग्यास गन  लुटिएको बताए ।

सुदूरपश्चिम  क्षेत्रिय अनुसन्धान  समूहको टोलीको उक्त हतियार सहित ब्यक्तिलाई पक्राउ  गरेको हो । 'कुनै ब्यक्ति हतियार बेचबिखन गर्ने भनि हतियार साथमा लिई हिडेको  छ भन्ने सूचना पहिला प्राप्त भयो,'  अनुसन्धान समुहका असई केशव जोशीले भने, 'त्यसपछि प्राप्त सूचनालाई पछ्याउँदै ग्राहक भनेर  हतियार भएको व्यक्ति सम्म पुगेका हौं ।'

http://bit.ly/1mURUYN
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget