Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अवैध गर्भ बोकेकी महिलाको मृत्यु

इलाम, फागुन १४ गते  । अवैध सम्बन्धबाट गर्भधारण गरेकी इलाम चुलाचुलीकी एक युवतीको असुरक्षित सुत्केरी गराएका कारण बुधबार राति ज्यान गएको छ ।

giving-birth
चुलाचुली–२ निवासी २२ वर्षीया कविता खत्रीको सुत्केरी अवस्थामै ज्यान गएको हो ।

वैदेशिक रोजगारका क्रममा श्रीमान् उत्तम खत्री दुई वर्षअघि विदेश गएपछि उनले अवैध गर्भधारण गरेकोप्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

साँझ सुत्केरी बेथाले च्यापेपछि ७ बजे घरमै बच्चा जन्मिएको थियो । बच्चा जन्मिनेबित्तिकै अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए ।

बच्चा जन्मिनेबित्तिकै आमाको मृत्यु भएपछि बच्चाको बिचल्ली भएको छ । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको परिवारले जनाएको छ । मृतकको शव परीक्षणका लागि उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रनि चुडालले बताए । (रासस)

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget