Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मरेकोलाई पनि नछाड्ने भो अख्तियारले

उदयपुर,फाल्गुन १७ गते । अख्तियारले शिक्षा मन्त्रालय मार्फत २०७२ साल माघ १७ गतेको पत्र अनुसार सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुकोअख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाएको भन्दै उदयपुरका एक दर्जन मृतक शिक्षकलाई जरिवान स्वरुप पुनः सम्पत्ति विवरण बुझाउन पत्रचार गरेको छ ।

download (4)

मृत्यु भएका र अवकाश प्राप्त धेरै शिक्षकलाई अख्तियारले सम्पत्ति विवरण नबुझाएको भन्दै पाँच हजार रुपैयाँ जरिबाना तिर्न पत्रचार गरेको हो ।

अख्तियारले शिक्षा मन्त्रालय मार्फत २०७२ साल माघ १७ गतेको पत्र अनुसार सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुको सूची पठाउँदा ११ मृतक र ३३ अवकाशप्राप्त शिक्षकहरुको नाम पनि जरिवानाको सूचीमा परेको हो । हडिया गाविसको खैराहा प्राविमा कार्यरत शिक्षिका गंगा देवी ढकालको २०६० सालमा क्यान्सर रोगको कारण मृत्यु भयो ।

तर मृत्यु भएको १२ बर्ष पछि अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पति विवरण नबुझाएको भन्दै जिल्ला शिक्षा कार्यालयमा पत्र पठाएको छ । अख्तियारद्वारा प्रेसित पत्रमा मृत्यु भई सकेका एक दर्जन बढि शिक्षकको नामावली समेत आए पछि अख्तियारको विश्वसनियता माथि नै प्रश्न उठेको छ ।

यस्तै श्री माधयमिक विद्यालय मयांखुका प्रावि शिक्षक श्रीपति चौधरीको दुई वर्ष अगाडी मृत्यु भएको थियो । तर पनि उनको नाउँमा अख्तियारले सम्पत्ति विवरण नबुझाएको भनेर पत्रचार गरेको छ । यस्तै मृत्यु हुने शिक्षकहरुमा प्रावि उदयपुरका शिक्षक नन्दीलाल साह हलुवाई, आमसाल निमाविका शिक्षक राम प्रसाद चौधरी, महेन्द्र निमाविका रेवान सिंह राई, मादले प्राविका लेख विक्रम राउत, ज्योती उ माविका बेल्टार लोक नाथ राउत क्षेत्री, उच्चमावि भलायडाडाका बिष्णु बहादुर मल्ल जरे प्राविका श्रीकान्त गुप्ता, कालिका प्राविका सिंहेश्वर यादवको मृत्यु भईसकेको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ ।

अख्तियारको पत्र आए पछि स्रोत व्यक्तिहरु सँग छलफल गर्दा एक दर्जन मृत्यु भईसकेको जानकारी जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी तथा सूचना अधिकारी भुपेन्द्र कोईरालाले दिए । सहायक जिशिअ कोइरालाले भने–‘यस आर्थिक बर्षको सूरुमा १२ बर्ष अघिनै मृत्यु भएका शिक्षकको नाम कसरी आयो भनेर शिक्षा कार्यालय आश्चर्यमा परेको छ ।’

मृतक मात्र नभएर तिज दर्जन शिक्षक उमेरहदको कारण अवकास पाईसकेका व्यक्ति समेत अख्तियारको नामावलीमा परेकाले अहिले जागिर छाडिसकेका शिक्षकहरु मानसिक यातना भोग्न बाध्य भएको छ । २०५९ सालमा सरस्वती मावि उदयपुरका शिक्षक मोहरबक्स अलीले अवकाश पाएका थिए । उनलाई अख्तियारलाई सम्पत्ति विवरण नबुझाएको विषयमा सोध्दा आश्चर्यमा परे । उनले भने ‘मैले १३ बर्ष अघि अवकास लिएको हु तर चालु आर्थिक बर्षको सुरुमा सम्पती विवरण नबुझाउनेको नाम कसरी पर्यो मलाई थाहा भएन’ ।

आफूहरु शिक्षकको पेशाबाट सम्मानका साथ अवकास लिएको मान्छे भएकाले र अख्तियारले म जस्ता शिक्षकलाई अनावश्यक मानसिक यातना दिएको अलिको भनाई छ ।यस्तै २०६५ सालमा अवकाश प्राप्त उमावि बेल्टार प्रअ कुमारसिंह कार्कीलाई पनि सम्पत्ति विवरण नबुझाएको भनेर यस वर्ष अख्तियारले पत्रचार गरेको छ । साथै गतवर्ष श्री राम जानकी माध्यमिक विद्यालय मोतिगडाका प्रावि शिक्षक चतुरनाथ चौधरीले अवकाश प्राप्त गरेपनि उनलाई पनि सम्पत्ति विवरण नबुझाएको भनेर अख्तियारले सम्पत्ति विवरण बुझाउन पत्रचार गरेको छ ।

चालु आवमा ८० प्रतिशत शिक्षकले सम्पती विवरण बुझाई सकेको जिशिकाको रेकर्डमा छ । भदौ १७ गते जिल्ला शिक्षा कार्यालय उदयपुरले प्राप्त ८३० जना शिक्षकको नामावली शिक्षक किताव खानलाई बुझाएको अभिलेखबाट देखिन्छ । उदयपुरका तीन सय ९८ जना शिक्षकहरुको नामावलीमा अधिकांस शिक्षकका विद्यालयको ठेगाना, सिटरोल नम्बर, बाबु बाजेको नाम गलत पाईएको छ । जिल्ला शिक्षा कार्यालय उदयपुरका अनुसार प्राविका ३ सय ३३, निमाविका ३९ र माविका २६ जना शिक्षकले आफ्नो सम्पत्ति विवरण नबुझाएकाले पाँच हजार जरिवान सहित पुनः सम्पत्ति विवरण भर्न अख्तियारले निर्देशन दिइएको छ ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget