Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एटिएम कार्ड प्रयोग गरी चोरी गर्ने महिला पक्राउ

काठमाडौँ, फागुन १३ गते  । अरूको एटिएम कार्ड प्रयोग गरी पैसा चोरी गर्ने नुवाकोट चतुराले घर भई हाल काठमाडौँ, म्हेँपी बस्ने २३ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

ATM

बानेश्वर चोकमा रहेको नबिल बैङकको एटिएम शाखामा सेक्युरिटी गार्डमा कार्यरत तामाङले अरूको एटिएम कार्ड प्रयोग गरी पटक–पटक गरेर ५४ हजार रुपैयाँ निकाली चोरी गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

यसैगरी प्रहरीले लुटपाट गर्ने न्युरोड घर भएका ३६ वर्षीय उज्ज्वल तुलाधर र धोबिचौर घर भएका २८ वर्षीय मुखिया गुरुङलाई पक्राउ गरेको छ । बा.३०प १३२१ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले बुधबार राति काठमाडौँ ढल्कुचोकमा कालीमाटी बस्ने रामेछाप तिनुखरी घर भएका राजु प्रकाश श्रेष्ठको सुनको आँैठी खोसी कुटपिट गरेर भागेका थिए ।

ढल्कुपुलमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ भागेका उनीहरुलाई प्रहरीले लुटपाट गरेको औँठीसहित पक्राउ गरेको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget