
पूर्व क्षेत्रीय प्रहरी प्रमुखका रुपमा घिमिरेलाई प्रहरी प्रधान कार्यालयले यही माघ २१ गते सरुवा गरेर पठाएको थियो । घिमिरे यस अघि लागूऔषध नियन्त्रण व्यूरोमा कार्यरत हुनु हुन्थ्यो । डीआईजी घिमिरे हिजो विराटनगर आइपुग्नु भएको हो ।
कार्यभार सम्हाल्दै उहाँले विभिन्न खालका अपराध, सीमा क्षेत्रमा हुने चोरी तस्करी र मानवबेचबिखन नियन्त्रणलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । यस अघि पूर्व क्षेत्रीय प्रहरी प्रमुखका रुपमा रहनु भएका डीआईजी माधवप्रसाद जोशीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएर काठमाडौंमै सरुवा गरिएको छ ।
Post a Comment