Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

लिम्वू साहित्य लेखनको प्रारम्भ

पाँचथर , फाल्गुन ७ गते । लिम्वू साहित्य दर्शनमा विद्यागत लेखनको प्रारम्भ गरिने भएको छ । नेपाल सहित भारतको सिक्किम र दार्जि्लिङका लिम्वूभाषी साहित्यकारहरुले लिम्वू भाषाको विकास र मातृभाषामा शिक्षाको कार्यान्वयनमा टेवा पु¥याउन साथै साहित्यका हरेक विद्यामा सशक्त र विशिष्टीकृत लेखनको प्रारम्भ गर्ने भएका हुन् ।images

साहित्यकारहरुले लिम्वू भाषामा कथा,कविता,निवन्ध,नाटक,उपन्यास,समालोचना लगायतका विद्यामा देखिएको अभाव पूर्ती गर्न संरचनागत वाद,सिद्धान्त र दर्शनशास्त्रको आधारमा साहित्यको लेखन् प्रारम्भ गर्न विद्यागत् बाँडफाँड पनि गर्ने भएका छन् । यसका लागि पाँचथरको फिदिममा लिम्वू साहित्य दर्शन विद्यागत लेखन विषयक कार्यक्रम आज र भोली गर्न लागिएको आयोजक समितिका संयोजक तिलविक्रम नेम्बाङले जानकारी दिनुभयो ।

कार्यक्रम, लिम्वू भाषा साहित्यमा भएका प्रयास,उपलव्धिको अध्ययन,अनुसन्धान र विश्लेषण गरी स्वामित्व ग्रहण गर्दै लिम्वू साहित्यको विद्यागत् लेखनमा देखिएको अभाव पूर्तीबारे छलफलमा केन्द्रित रहने उहाँले बताउनुभयो । आजसम्म लिम्वू भाषा साहित्यमा व्यवस्थित् ढंगबाट विद्यागत् लेखन नभएको साहित्यकार राजेन्द्र जवेगूले बताउनुभयो । भाषिक विकासका लागि पनि अव दखल्ताका आधारमा विद्यागत् लेखनको बाँडफाँड गरेर मातृभाषिहरु लाग्नु पर्ने उहाँको जोड छ ।

उहाँले यसरी अघि बढे मात्रै मातृभाषा र साहित्य समृद्ध हुने बताउनुभयो । कार्यक्रममा सिक्किमको शिक्षा विभागका एडिस्नल सेक्रेटरी तथा साहित्यकार वल मुरिङला,दार्जि्लिङका चर्चित साहित्यकार विरही काइला सहित साहित्यकारहरु ,सेसेमी से–नाल्बो,डिल्ली लिङ्दम,अर्जुनबाबु माबोहाङ,निशेष आङदेम्बे,यासेली योङहाङ,हरी चोङबाङ ,मुनाराज सेर्मा,सुन्दर कुरुप,सेसेहाङ फियाक,साम् थाम्देन थाङ्बेन् लगायतका साहित्यकारहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget