Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

जातीय मुद्दा हिंसात्मक

नयाँ दिल्ली,फाल्गुन ८ गते  । उत्तरी भारतमा सरकारले जातीय उत्थानलाई बढावा दिन र पिछडिएका जाति तथा समुदायलाई थप सहुलियत कोटा (कास्ट कोटा बेनिफिट्स) मा वृद्धि गर्न दबाब सिर्जना दिन गरिएको आन्दोलनले हिंसात्मक रुप लिएपछि शुक्रबार एक जना आन्दोलनकारीको मृत्यु भएको छ ।

ggiu

हरियाणा राज्यको रोहतकमा आन्दोलनकामा सहभागी हजारौँ ‘जात एग्रिकल्चरल कम्युनिटी’ ले आफूहरुलाई सरकारद्वारा उपलब्ध गराउँदै आएको रोजगारी र विश्वविद्यालयमा अध्ययन गर्नका लागि थप कोटा छुट्याउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका हुन् ।
प्रहरी अधिकारी सौरभ सिंहले आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा तथा गोली चलाउन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन चलाइएको जवाफी कारबाहीमा एक नागरिकको मृत्यु भएको बताउनुभयो । झडपमा दुवैतर्फ गरी करिब २० जना घाइते भएको स्थानीय टेलिभिजन च्यानलले जनाएका छन् ।

आन्दोलनले व्यापकरुप लिन थालेपछि प्रान्तीय राज्यका अधिकारीले अर्धसैनिक बल प्रयोग गरेर भए पनि स्थितिलाई छिट्टै नियन्त्रणमा लिन निर्देशन दिएपछि सुरक्षाकर्मीले आन्दोलनविरुद्ध बल प्रयोग गरेको हो ।

 
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget