प्रेम देवान ,
बिराटनगर , फागुन १४ गते । विराटचोकमा संचालन भएको पिएओ कोशीहरैचा चौथो केवीआरयू कन्दङ्वा गोल्डकप फुटवल प्रतियोगितामा विजयी हुदै समिफाईनलमा प्रवेश गरेको छ ।
[caption id="attachment_14229" align="alignnone" width="240"]

सगरमाथा युथ क्लव कोशी हरैचाको आयोजनामा विहीबार सम्पन्न खेलमा भूटानको फ्रेण्डस क्लवलाई रुपन्देही ११ बुटबलले टाइव्रेकरमा दुईका विरुद्ध चार गोलले पराजित गरी सेमीफाईनलमा प्रबेश गरको हो
[caption id="attachment_14230" align="alignnone" width="240"]

निर्धारित ९० मिनेटमा गोल रहीत बराबरी र थप गरिएको २२विस मिनेटमा पनि दुवै टिमले गोल। गर्न नसकेपछी खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमारुपन्देहीको तर्फबाट पिटर,अनिल गरुङ, दोना थापा र कालु थापाले गोरेका थिए भने भुटानका वर्तमान राई र मौसाले गोल गर्न सकेका थिए ।सेसीसोको प्रहार रुपन्देहीको गोल किपर दिलीप क्षेत्रीले बचाएका थिए भने सेरिङको प्रहार बाहिरीएको थियो ।
[caption id="attachment_14231" align="alignnone" width="240"]

खेल सुरु भएको पहिलो मिनेटमा नै रुपन्देहीका भिक्टोरले दिएको पासलाई अमर डंगोलले गोल गर्न चुकेका थिए । नौ मिनेटमा भुटानका वर्तमान राईले दिएको क्रस पासलाई मौसाले गरको प्रहार बाहीरीहेको थियो ।
[caption id="attachment_14232" align="alignnone" width="240"]

मध्यान्तर पछी दुवै टिमले बारम्बार गोल गर्ने अबसर चुक्दा खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । थप गरिएको २वीस मिनेटको १० औं मिनेटमा रुपन्देहीका शिव श्रेष्ठले वान भर्सेज वानमा गोल गर्न चुकेका थिए । खेलको म्यान अफ द म्याच रुपन्देहीका कालु थापा घोषीत भए । खेल पस्चात भुटानका प्रशिक्षक सुरेन्द्र सेर्माले रेफ्रीको गलत निर्णयले पराजित हुन पुग्यो । उता रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले खेलाडीले पाएको अबसरलाई सदुपयोग नगर्दा खेलको निर्णय ट्राईबेकरबाट हुन पुग्यो । शुक्रबार ससस्त्र प्रहरी वलको एपीएफ र भारत को दाजिर्लिङ–११ वीच तेस्रो क्वाटर फाइनल खेल हुनेछ ।
Post a Comment