
एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार बोलाएको पार्टी स्थायी समिति बैठकमा नेताहरुले सरकारबाट मन्त्री फिर्ता गराउन दबाब दिएका हुन् ।
प्रचण्डले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने बारेमा प्रतिक्रिया नजनाए पनि महासचिव कृष्णबहादुर महरासहितका नेताले ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने धारणा राखेका थिए ।
महरा र स्थायी समिति सदस्य जनार्दन शर्मा, चन्द्रदेव खनाल र गोपाल किराँतीलगायतले मन्त्रीहरुको काम कारबाहीबाट जनता र कार्यकर्ता रुष्ट बन्दै गएकाले फिर्ता बोलाउन प्रचण्डमाथि दबाब दिएका हुन्,
Post a Comment