
आत्मसम्मानका लागि सहकार्य (क्याड) जुम्लाको सहयोग र महिला तथा बालबालिका कार्यालयद्वारा आयोजित गोष्ठीमा सो कुराको निक्र्योल गरिएको हो ।
गोष्ठीमा मध्य तथा सुदूरपश्चिम विकास क्षेत्रमा गहिरो जरा गाडेको यो प्रथाका कारण महिला हिंसाका घटना बढेको तथ्य खुलाइएको छ ।
विशेषगरी, समाजमा छोइछिटो नगर्दा देउता रिसाउने र त्यसले ज्यानै लिने डर स्थानीयवासीमा भएकाले यो अभियान चुनौतीपूर्ण भएको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले बताउनुभयो ।
परम्परागत संस्कारबाट ग्रसित नागरिकमा चेतनाको विकाससम्बन्धी गतिविधि सञ्चालन गर्न सुझाउँदै अभियान पूर्णताका लागि प्रशासनले सक्दो सहयोग पु¥याउने उहाँको भनाइ थियो ।
स्थानीय विकास अधिकारी मित्रमणि पोखरेलले छाउपडीमुक्त अभियानलाई गाँउमा लैजान सम्पूर्ण गाविस सचिवलाई निर्देशन दिने बताउनुभयो ।
गाविस सचिव स्थानीयस्तरमा छाउपडी निगरानी समितिको संयोजक भएकाले छाउपडीमुक्त अभियानका विभिन्न गतिविधि परिचालन गर्न सचिवहरुको मुख्य भूमिका हुन्छ ।
सर्वोच्च अदालतको आदेश बमोजिम सरकारले छाउपडी प्रथा उन्मूलन निर्देशिका–२०६४, कार्यान्वयन तहमा नलैजाँदा हिंसा न्यूनीकरण हुन नसकेको आत्मसम्मानका लागि सहकार्य (क्याड) जुम्लाका कार्यकारी निर्देशक धनबहादुर गौतमले बताउनु भयो ।
यो अभियानलाई सफल पार्न धामीझाँक्री र पुरोहितलाई एकै ठाउँमा राखेर चेतनामूलक अभिमुखीकरण गरिनुपर्ने सहायक वन अधिकृत श्यामलाल महतले सुझाव दिनुभयो ।
महिला तथा बालबालिका कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख मञ्जु पाण्डेले छुई प्रथा तथा हिंसा न्यूनीकरण गर्न सासू–बुहारी सचेतना कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो । गोष्ठीमा संस्कार रुपान्तरणका लागि अधिकांश सहभागीले सैद्धान्तिक सचेतनाभन्दा व्यावहारिक ज्ञान दिन सुझाव दिएका थिए ।
एकसातापछि जिल्लाका प्रत्येक गाउँ, बस्ती, वडा र गाविसबाट छाउपडीमुक्तविरुद्धका सचेतनामूलक कार्यक्रम अभियानका रुपमा अगाडि थाल्ने क्याड जुम्लाले जनाएको छ ।
Post a Comment