Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

रेलमार्ग विस्तार हुनुपर्ने व्यवसायीको माग

वीरगन्ज, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका बेला दुई देशबीचको व्यापार सहज बनाउनका लागि पूर्वाधार निर्माण विषयलाई विशेष महत्व दिनुपर्ने सुझाव यहा“का उद्योगी व्यवसायीहरुले दिएका छन् । उहाँहरुले औद्योगिक कच्चा पदार्थको आपूर्ति र अत्यावश्यकीय उपभोग्य मालसामानको ढुवानीका लागि रेलमार्ग उपयुक्त विकल्प रहेकाले नेपालमा पनि रेल्वे लाइन विस्तारका लागि भारतसँग छलफल गर्नुपर्ने धारणा राख्नु भएको छ ।

train

झन्डै छ महिनादेखिको लामो बन्द, हडताल र नाकाबन्दीका कारण सडकमार्ग हु“दै भारत र तेस्रो मुलुकबाट सीमा नाकासम्म आइपुगेका मालबाहक गाडी गन्तव्यसम्म जान नपाएपछि पछिल्लो समयमा व्यवसायीले रेलमार्गलाई बढी सदुपयोग गर्न थालेकाले पनि रेलमार्गको आवश्यकता बढेको उद्योगी व्यवसायीहरुको दाबी छ । बन्दका बेला आयातित सामान बोकेर भारतको कोलकाता बन्दरगाहबाट आउने कन्टेनर मालबाहक रेलमार्फत आउन थालेपछि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अत्यधिक चाप बढेको थियो । वीरगन्जस्थित सुक्खा बन्दरगाह भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र बन्दरगाह हो । नेपाल उद्योग वाणिज्य महासङ्घ, वाणिज्य तथा आपूर्ति समितिका संयोजकसमेत रहनुभएका उद्योगपति विजय सराबगीले बन्द, हडताल र नाकाबन्दीका कारण सडकमार्गबाट ढुवानी अवरुद्ध हुन थालेपछि पछिल्लो समयमा आयातकर्ताले रेलमार्गमार्फत कन्टेनर मगाउन थालेका बताउ“दै मुलुकको आर्थिक रुपान्तरणका लागि रेलमार्गको आवश्यकता रहेको बताउनु भयो । वीरगन्जस्थित सुक्खा बन्दरगाहसम्म रेल लाइन विस्तार भइसकेकाले सो रेल लाइनलाई करिब ३३ किमी टाढा बाराको अमलेखगन्जसम्म विस्तार गर्न सकेमा अहिले पारवहन क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने भएकाले रेल लाइन विस्तारलाई प्रधानमन्त्रीले भारत भ्रमणका बेला मुख्य ऐजेन्डा बनाउनुपर्नेमा उहा“ले सुझाव दिनुभयो । सीमावर्ती भारतीय सहर रक्सौलदेखि अमलेखगन्जसम्म निर्माण गर्ने भनिएको पेट्रोलियम पाइपलाइनको तुलनामा रेल लाइन बहुउपयोगीसिद्ध हुन्छ, वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानीले भन्नुभयो – “पाइप लाइन निर्माण भएपछि पेट्रोलियम पदार्थमात्र आउ“छ तर रेलमार्गको निर्माण भएपछि सबै किसिमका मालसामानको ढुवानी सहज किसिमले गर्न सकिन्छ ।” रासस

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget