Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

गुजरातमा टाँगियो यस्तो नेपाली झन्डा

गुजरात, फाल्गुन १२ गते । भारतको गुजरातमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पुग्दा त्यहाँ नेपालको भनिएको झन्डा फरक आकारमा देखियो ।

jji

गुजरात राज्य सरकारले भारतीय राष्ट्रिय झन्डासँगै नेपालको चारकुने झन्डा टाँग्दै नेपाली झन्डाको अपमान गरेको हो । बाटो छेउका पोलहरुमा भारतको चारकुने झन्डासँगै गुजरात राज्य सरकारले नेपालको पनि चारकुने झन्डा बनाए राखेको हो । जसमा तीन कुने नबनाइ चारकुनेमा चन्द्र र सूर्य चिन्ह मात्र अंकित गरिएको छ।

भारत भ्रमणमा रहेका प्रम ओली भ्रमणको पाँचौ दिन गुजरातको भुज सहरमा भूकम्पपछिको पुनर्निर्माणको अवलोकन गर्न पुग्दा नेपालको अनौठो झन्डा भेटिएको हो ।

 वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणलाई अघि बढाउनका लागि गुजरातको पुनर्निर्माणको ज्ञान लिन ओली त्यहाँ पुग्दा सडकको दायाँबायाँ दुबै देशको झन्डा टाँगिएको थियो ।


भूकम्पबाट ध्वस्त गुजरात अहिले पुनर्निर्णमापछि भारतको विकासको केन्द्रकारुपमा चिन्न थालिएको छ । भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदीको अनुरोधमा उनको गृहराज्यमा नेपालका प्रधानमन्त्री ओली पुगेका हुन् । ओलीको स्वागतका लागि सडकको पोलमा भारतीय झन्डासँगै बिगारेर नेपाली झन्डा राखिएपछि सामाजिक सञ्जलामा विरोध भइरहेको छ ।


नेपाली राष्ट्रिय झन्डा विश्वमै एकमात्र त्रिकोणात्मक झन्डा हो । नेपाली झण्डाको माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लो त्रिकोणमा सूर्य अंकित रहेको छ  ।  यसको अर्थ आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई बुझाउने बताइन्छ । नेपाली झन्डामा रहेको निलो किनारालाई शान्तिको प्रतिक मानिन्छ भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो ।


नेपालको संविधान २०७२ को राष्ट्रिय झण्डासम्बन्धी धारा ८ मा राष्ट्रिय झण्डाबारे ब्याख्या गरिएको छ । ‘सिम्रिक रङ्गको भुइँ र गाढा निलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित झन्डा नेपालको राष्ट्रिय झन्डा हो ।’

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget