Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

काम को लागि मलेसिया जान नपाइने

बिराटनगर,फाल्गुन ८ गते । मलेसिया सरकरले आफ्नो मुलुकमा नयाँ विदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने घोषणा गरेको छ ।  zh
मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले धेरै कामदार रहेका नेपाल र बंगलादेशसिहत सबै देशहरुबाट नयाँ कामदार लिन बन्द गरेको शुक्रबार घोषणा गरेका हुन् ।



मलेसियाकै सारवाक राज्यमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री हमिदीले सबै स्रोत मुलुकका कामदार लिन आजैबाट बन्द गर्ने निर्णय गरिएको बताएका मलेसियन इन्साइडर अनलाइनले जानकारी दिएको छ ।
'हामीलाई चाहिने कामदारहरुको संख्याबारे अध्ययन गरेर एकिन संख्या टुंगो नलागुन्जेल हामी विदेशी कामदार लिँदैनौ', हमिदी भने, 'अब विदेशी कामदारको कहाँ कति आवश्यकता छ भन्ने एकिन गरेर मात्रै नयाँ विदेशी कामदार लिनेछौं ।'


हमिदीले ब‌ंगालादेशबाट लिन लागिएका १५ लाख कामदारको हकमा पनि यो व्यवस्था लागू हुने बताएका छन् । मलेसिया सरकारको यो घोषणाले बंगलादेशबाट मलेसियामा पठाउने प्रक्रियामा रहेका १५ लाख कामदार पनि जान नपाउने भएका छन् ।

मलेसियन सरकारी समाचार एजेन्सी बर्नामाका अनुसार नेपाली कामदार लिने प्रक्रियालाई निरुत्साहित गर्दै मलेसिया सरकारका श्रममन्त्रीले बिहीबार मात्रै बंगलादेशबाट १५ लाख कामदार लैजाने सम्झौतामा बिहीबारमात्रै हस्ताक्षर गरेको थिए ।



उपप्रधानमन्त्री हमिदीले यो घोषणाका क्रममा देशलाई चाहिने विदेशी कामदारको संख्या, विदेशी कामदार लिने प्रक्रिया र कामदारबाट लिइने करबारेमा पनि पुनर्नविचार गर्नका लागि यो निर्णय लिइएको उल्लेख गरेका छन् ।


उनले कार्यक्रमलाई सम्बोधन गर्दै देशभित्र रहेका अवैधानिक कामदारलाई वैधानिक बनाउनु चुनौतीपूर्ण रहेकाले सरकारको ध्यान त्यसैमा केन्द्रित रहेको बताएका छन् ।


उनले मलेसियाबाट अवैधानिक कामदारलाई वैधानिक बनाइसकेपछि मात्रै कामदार लिनेबारे सरकारले फेरि सोच्ने पनि प्रष्ट पारेका छन् ।


पुन:दर्ता कार्यक्रममा सहभागी नहुने अवैधानिक कामदारलाई पक्राउ गर्नका लागि देशभर व्यापकमात्रमा सुरक्षाकर्मी परिचाल गरिने घोषणा पनि उने गरेका छन् । पक्राउ परेका अवैधानिक कामदारलाई उनीहरुकै देशमा पठाइने हमिदीले स्पष्ट पारे ।


 नेपाल र इन्डोनेसियाबाट रोजगारीका लागि मलेसिया जाने तयारीमा रहेका कामदार पनि मारमा परेका छन् ।


नेपालबाट मलेसियामा ५ लाख बढी युवाहरु रोजगारीका लागि गएका छन् ।



 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget