Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

सिरहा , फाल्गुन ८ गते ।  जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका अभियुक्तलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ।

bhu

जिल्ला सिरहा असनपुर गाविस वडा नम्बर ५ स्थायी घर भई हाल सिरहा गोलबजार नगरपालिका वडा नम्बर ५ बस्दै आएका बिजय कुमार साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका साह सम्मानित जिल्ला अदालतको मिति २०६९ साल चैत्र ५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १५ दिन कैद र दुई हजार रुपैँया जरिवाना भई फरार रहेका थिए।

प्रहरीले पाएको गोप्य सुचनाको आधारमा उनलाई आज बिहान ११ बजे इलाका प्रहरी कार्यालय गोलबजारबाट खटी गएको प्रहरी टोलिले आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका उनि उपर मिति २०७२ साल फाल्गुन ०९ गते सम्मानित जिल्ला अदालत सिरहामा बुझाईने इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरिक्षक संतोष निरौलाले बताउनु भएको छ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय गोलबजारले अदालतबाट दोषी ठहरीए पश्चात कैद भुक्तान नगरि फरार रहेका अभियुक्तहरुको खोजतलास तथा पक्राउ गर्न बिशेष अभियान संचालन गर्दै आएको पनि प्रहरी निरिक्षक निरौला बताउनु हुन्छ ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget