Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कानुनविपरीत दाहाललाई विलाशी गाडी

काठमाडौँ, फाल्गुन १८ गते । सर्वोच्च अदालतको आदेशविपरीत सरकारले कानुनी मापदण्डबिना नै पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विलाशी गाडी सुविधा दिएको छ ।

maxresdefault

सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई जथाभावी गाडी, इन्धनलगायतका सुविधा दिन थालेपछि सर्वोच्चले स्पष्ट कानुनी मापदण्ड नबनाई कसैलाई पनि सुविधा नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा आदेश जारी गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयका नाममा सरकारले दाहाललाई विलाशी गाडी, चालक, इन्धन मोबिल र मर्मत खर्च दिन थालेको हो । ‘उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पूर्व प्रधानमन्त्री दाहाललाई हलुका सवारी चालकसहितको सवारी साधन एक र मासिक २ सय ३० लिटर पेट्रोल, मोबिल ५ लिटर (त्रैमासिक) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत उपलब्ध गराउने’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।

दाहाल कानुनी मापदण्डबिना नै सरकारबाट गाडीलगायतको सुविधा पाउने नवौं भाग्यमानी नेता भएका छन् । यसअघिदेखि नै सरकारबाट विलाशी गाडीसहितको सुविधा पाइरहेकामा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख सुवास नेम्वाङ र पूर्वगृहमन्त्री वामदेव गौतम र कांग्रेस सांसद अमरेशकुमार सिंह छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार चन्दलाई २०७१ फागुन ४ देखि बा १ झ ६४९८ इसुजु जिप, खनाललाई २०७१ जेठ १९ देखि बा ११ च ६४३८ नम्बरको स्कोर्पियो जिप उपलब्ध गराइएको छ । पूर्वप्रधानमन्त्रीहरू र मन्त्रिपरिषदका पूर्वअध्यक्षलाई सुरक्षाकर्मीसहितको पछुवा गाडी सुविधासमेत दिइएको छ ।

स्रोतका अनुसार चुनावी मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई २०७१ मसिर २४ देखि बा २ झ ११३ स्कोर्पियो जिप, पूर्वगृहमन्त्री गौतमलाई २०७२ कात्तिकदेखि स्कोर्पियो जिप गाडी सुविधा दिइएको छ । कांग्रेस सांसद सिंहलाई २०७१ फागुन १५ देखि बा ११च ६४३७ स्कोर्पियो जिप र दुई सुरक्षाकर्मी उपलब्ध गराइएको छ ।

राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई मासिक १ लाख ३० हजार रुपैयाँ भाडाको आवास र चार कर्मचारी रहेको सचिवालयसहित विलाशी गाडी दिएको छ । राष्ट्रपति कार्यालयले यादवलाई टोयोटा प्राडो गाडी, चालक, इन्धन र मर्मतसहितको सुविधा दिएको छ । सरकारले पूर्वराष्ट्रपति यादवको सुविधाका बारेमा कुनै निर्णय नगरेकाले घरमालिकले राष्ट्रपति कार्यालयबाट घरभाडा अहिलेसम्म पाएका छैनन् । घरमालिकले घरभाडा नपाएकाले पूर्वराष्ट्रपति यादवसित किचकिच गरिरहेकोसमेत स्रोतले उल्लेख गरेको छ ।

उपराष्ट्रपति कार्यालयले पूर्वउपराष्ट्रपति झालाई टोयोटा प्राडो गाडी र संसद सचिवालयले नेम्वाङलाई ६० लाख रुपैयाँमा गाडी खरिद गरी चालक र इन्धनसहितको सुविधा दिएको छ ।

सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराईलाइ पछुवा सुरक्षाकर्मीसहितको सवारी साधन भने पहिल्यैदेखि उपलब्ध गराइरहेको छ । उनीहरूलाई छुट्टै गाडी सुविधा भने दिइएको छैन ।

  • कान्तिपुर समाचार बाट

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget