
होक्लाबारी–२ की यशोदा डोटेल भण्डारीलाई बोक्सीको आरोप लगाउँदै आफ्नै परिवारका सदस्यले मानव मलमुत्र खुवाउने प्रयास गरेका हुन्। धामीको आदेशअनुसार बोक्सी किटान गर्दै कुटपिटपछि श्रीमान रोशन भण्डारी, ससुरा छत्रवहादुर, नन्द मन्दिकाले मलमुत्र खुवाउन खोजेका थिए। गत फागुन ६ गते राति यशोदालाई धामी सुनसरी इटहरीकी जानुका कोइराला बोलाएर बकाएका थिए।
श्रीमानसमेत मुकदर्शक बनेको आरोप लगाउँदै पीडित यशोदाले कुटपिटपछि मलमुत्र खुवाउन खोज्दा आफू भाग्न सफल भएको बताइन्।बोक्सी भन्दै मलमुत्र खुवाउन प्रयास गर्ने उनका श्रीमान रोशन, ससुरा छत्रबहादुर नन्द मन्दिका र धामी कोइरालालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अविचन्द्र रिजालले जानकारी दिए।
Post a Comment