Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

काम भन्दा हल्ला बढी : वैद्य

काठमाडौँ , फाल्गुन १५ गते । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा (माओवादी)सँग पार्टी एकताबारे काम भन्दा हल्ला बढी भएको बताएका छन् ।

mbk

माओवादीको उपत्यका समितिले शुक्रबार आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ मा अध्यक्ष वैद्यले एकताका लागि पहिले विचार मिल्नुपर्नेमा जोड दिए ।

उनले भने, 'एक हप्ताभित्र माओवादीको एकता हुँदैछ भन्ने प्रचारबाजी हप्तैपिच्छे सुनिन्छ । पार्टी एकता भन्दैमा भइहाल्ने होइन ।' उनले एकता कसैलाई प्रधानमन्त्री बनाउनका लागि नभई जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यमा आधारित हुनुपर्ने पार्टीको धारणा रहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा माओवादीका नेता परी थापाले कम्युनिष्ट कार्यकर्ताले कम्युनिष्ट सिद्धान्त, विचार र आचरणलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । उनले पार्टी कार्यक्रम, योजना र सिद्धान्तबारे कार्यकर्तालाई सुसूचित गर्न प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए ।

माओवादीले फागुन १४ देखि २१ गतेसम्मलाई विविध कार्यक्रम गरी सहिद सप्ताहको रुपमा मनाउने परम्परा अनुरुप शुक्रबारदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेको जनाएको छ ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget