
नेपालले संयुक्त विज्ञप्तिमा नेपालको संविधानको स्वागत भन्ने शब्द हाल्न खोजेको थियो । तर भारतले भने उक्त शब्दमा 'रिजर्भेसन' राखेपछि संयुक्त विज्ञप्ति जारी हुने/नहुने अन्योल बढेको हो ।
भ्रमण दलमा रहेका एक सभासदका अनुसार नेपालले जसरी पनि नेपालको संविधानको स्वागत भन्ने शब्द राख्न खोजेको छ ।
अहिले संयुक्त विज्ञप्तिको लागि नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको भारतीय कक्ष प्रमुख सह-सचिव प्रकाश सुवेदी र भारतीय तर्फबाट विदेश मन्त्रालयको नेपाल डेस्क सह-सचिव अभय ठाकुरबीच मुम्बइको हायत होटलमा संयुक्त बैठक चलिरहेको छ ।
नेपालका राजदूत दीपकुमार उपाध्याय र भारतीय राजदूत रनजित रे पनि हायत होटलमा नै छन् । प्रधानमन्त्री ओलीले नेपाल फर्कुनअघिसम्ममा संयुक्त विज्ञप्ति जारी गर्ने मंगलबार बताएका थिए ।
यसैगरी प्रधानमन्त्री ओलीले आज युनिलिभर लिमिटेड भ्रमण गर्ने भएका छन् । उनले मुम्बइमा रहेका व्यवसायी समुदायसँग पनि भेट गर्ने कार्यक्रम छ । उनले व्यवसायीलाई सम्बोधन गर्ने छन् ।
यस्तै नेपाली नायिका मनिषा कोइरालाको समन्वयमा बलिउड कलकारलाई पनि आजै भेट्ने कार्यक्रम छ ।
ओली आज ५ बजे नेपाल फर्कदैछन् ।
Post a Comment