Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

ओलीलाइ भारत भ्रमण सफल

काठमाडौँ, फाल्गुन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको सम्बन्धमा केही समय तुसारो देखिए पनि अब त्यस्तो नहुने विश्वास व्यक्त गर्नुभएको छ ।

nepal-pm-oli-759

मित्रराष्ट्र भारतको छदिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा भारतले नेपालप्रति मित्रताको भावना प्रदर्शन गरेको आफूले पाएको बताउनुभयो ।

केही समयदेखि उत्पन्न भएको दुई देशबीचको असझदारी हटाउन आफ्नो भारत भ्रमण पूर्ण सफल भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “दुई देशबीचको सम्बन्ध सुधारका लागि हाम्रो भ्रमण सफल भएको छ ।”

उहाँले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति मो हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय बौद्धिक एवम् कूटनीतिक क्षेत्रसँगको छलफलबाट दुई देशबीचको सम्बन्धमा धेरै विषयमा प्रस्टता आएको र ती भेटहरु उपयोगी भएको जानकारी दिनुभयो ।

भ्रमणका क्रममा आफूले सन् २००१ मा गएको भूकम्पबाट क्षति भएको गुजरातस्थित भुजको पुनःनिर्माणको अवलोकनबाट आफूहरुमा उत्साह र आत्मविश्वास बढेको बताउँदै उहाँले भन्नुभयो,“ यसबाट धेरै ठूलो क्षति भएको स्थानमा पनि पुनःनिर्माण गर्न सकिन्छ भन्ने विश्वास हामीमा बढेको छ ।” उहाँले भुजको भ्रमणमा नेपालीहरुप्रति त्यहाँका बासिन्दाले अत्यन्त सहानुभूति र असाधारण मैत्रीभाव प्रकट गरेको उल्लेख गर्दै त्यसप्रति उहाँहरुमा कृतज्ञता समेत व्यक्त गर्नुभयो ।

नयाँ दिल्ली र मुम्बइमा रहँदा आफूले त्यहाँका व्यवसायी समूहलाई नेपालमा लगानी गर्न आह्वान गरेको बताउँदै चलचित्र कलाकारहरुलाई नेपालमा चलचित्र छायाङ्कन गर्न पनि आग्रह गरिएको जानकारी दिनुभयो । नेपालले पाउँदै आएको पारवाहन सुविधामा चार वटा ठाउँमा विस्तार भएको र पञ्चेश्वर विकास आयोजनाको संयुक्त बैठक छिट्टै बस्ने उहाँले बताउनुभयो ।

आफूहरु मुम्बइमा रहँदा नेपालमा विमान दुर्घटना भएको थाहा पाएर अत्यन्त दुःखी भएको बताउँदै उहाँले पीडित परिवारप्रति सहानुभूति र समवेदना प्रकट गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अब हामी हाम्रो आकाशलाई अझ सुरक्षित बनाउने काममा लाग्नेछौँ ।”

यही फागुन ७ गते भारतको भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलमा ४६ सदस्य हुनुहुन्थ्यो । भ्रमणदलको स्वागतार्थ त्रिभुवन विमानस्थलमा सभामुख, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीलगायत हुनुहुन्थ्यो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget