Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तपाईँले सुन्नुभयो त विश्वभर हङ्गामा मच्चाउने त्यो आवाज?


e17_2_medium






तपाईँ डेस्कटप वा ल्यापटप चलाइरहनुभएको छ र तपाईँको कम्प्युटरको साउन्ड भोल्युम ठूलो र ‘अन’ छ भने यो पेजमा तपाईँले एक किसिमको आवाज दुई पटक सुनेको हुनुपर्छ- टुरुक, टुरुक।यो कुनै सामान्य आवाज होइन। बिहीबार यो आवाज विश्वभर ब्रेकिङ न्युज बन्यो। आइन्सटाइनले सय वर्ष अगाडि गरेको भविष्यवाणीलाई सही बनाउने आवाज थियो त्यो।

पृथ्वीबाट अर्बौँ प्रकाश वर्ष टाढा रहेका दुई ब्ल्याक होलहरु ठोक्किँदाको आवाज हो यो। आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तलाई सही ठहर्‍याउने यो आवाजलाई बिहीबार भौतिकशास्त्रीहरुको एउटा समूहले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

उनीहरुका अनुसार यो आवाज गुरुत्वाकर्षणीय तरङ्ग (gravitational waves) को पहिलो प्रत्यक्ष प्रमाण हो।

न्युयोर्क टाइम्सले यो आवाजलाई फोनको आविस्कार गर्ने अलेक्ज्यान्डर ग्राहमबेलको ‘मिस्टर वाट्सन- कम हियर’ भनेको र अन्तरिक्षबाट स्पुटनिकको पहिलो बिपको आवाजसँग तुलना गरेको छ।

किन महत्वपूर्ण ?
यो एक शताब्दीकै सबैभन्दा ठूलो एस्ट्रोफिजिकल खोज हो। यो किन महत्त्वपूर्ण छ भने यसले ब्रह्मान्डको सञ्चालन कसरी हुन्छ भन्ने हाम्रो बुझाइलाई मात्रै सुधार गर्दैन, यसको अध्ययनका लागि एउटा नयाँ ढोका खोलेको छ।

युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका अनुसन्धानकर्ता डेभिड ब्लेयरले सजिलो भाषामा सम्झाएका छन्- ‘अहिलेसम्म हामी बहिरा थियौँ। अब हामीले कसरी सुन्ने भन्ने जानेका छौँ। ब्रह्मान्डले हामीसँग बोलिसकेको छ र हामीले बुझिसकेका छौँ।’

Gravitational

कहाँबाट आयो आवाज?
LIGO – the laser interferometer gravitational-wave observatory को मद्धतबाट यो आवाज सुन्न पाइएको ह्यो।

१४ सेप्टेम्बर २०१५ मा Livingston lab जुन Louisiana मा छ त्यहाँको सिस्टममा एउटा ब्लिप सुनियो। त्यसको सात मिलिसेकेन्डपछि ४ हजार किलोमिटर टाढा वासिङ्गटनको हान्फोर्डस्थित अर्को ल्याबमा त्यस्तै ब्लिप सुनियो जुन पृथ्वीबाट गुज्रेको ग्राभिटेसनल वेभको कारण भएको थियो।

source : mysansar.com


Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget