Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रधानमन्त्री ओली, नेता प्रचण्ड र देउवालाई भारतले पठायो कडा सन्देश

काठमाडौं, फागुन ६ गते  । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नजिकिंदै गर्दा भारतीय राजदूत रञ्जीत रेको पनि सक्रियता बढेको छ ।

Kp-Oli-Prachanda-Dauba-and-chitra-Bdr-Kc

राजदूत रेले मंगलबार एकैदिन प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई भेटेका छन् ।

बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका राजदूत रेले दिउँसो देउवालाई भेटेका थिए भने सांझ प्रचण्डलाई लाजिम्पाटमा भेट गरेका थिए ।

तीन वटै भेटमा भारतीय राजदूत रे ले भारत भ्रमण जानु अघि मधेशी मोर्चाको माग सम्बोधनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न दबाब दिएका थिए । उनले यो नै भ्रमणअगाडि भारतको सन्देश भएको समेत बताएका थिए ।

भारतीय राजदूतले मधेशीको माग सम्बोधनको लागि उच्चस्तरीय समिति गठन गरे भारत भ्रमण निकै फलदायी र सकारात्मक हुने कुराको विश्वास दिलाएका थिए । राजदूत रेले भारतीय राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री र विदेशमन्त्रीदेखि लिएर विपक्षका नेताहरूसंगको भेटघाटमा मधेशकै मुद्दा प्रमुखताका साथ उठ्ने भएकाले यस मुद्दालाई समाधान गरेर जाँदा नै राम्रो हुने जिकिर गरेको स्रोतले बताएको छ ।

भारतीय राजदूतको दबाबपछि हिजो ११ बजे भनिएको संसद बैठक दिउँसो २ बजे बसेको र सोही अनुसार प्रधानमन्त्री ओलीको वक्तव्य आएको थियो । मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले भारतको सन्देशअनुसार भ्रमणअगाडि संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री संगै राजदूत रेले दिउँसो देउवा र साँझ प्रचण्डलाई भेटी मधेशीको माग सम्बोधनको लागि भ्रमण अगावै आपसी समझदारीमा राजनीतिक संयन्त्र बनाउन दबाब दिएका थिए ।

पछिल्लो समय एकाएक सेलाएका भारतीय राजदूतले प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएसँगै दिल्लीको निर्देशनमा चलखेल सुरु गरेका छन् । - दैनिक नेपालबाट

 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget