[caption id="attachment_13740" align="alignnone" width="640"]

स्थानीय जनप्रतिनिधि नहुँदाको पीडा अहिले विराटनगरवासीले व्यहोर्न बाध्य छन् । सडकमा पर्ने घरहरु भत्काइएको र त्यसको व्यवस्थापन हुन नसक्दा नगर कुरुप मात्र बनेको होइन कि दुर्गन्धित पनि बन्न पुगेको छ । लाजै नमानी हावादारी कलरजोनको योजना ल्याउने नगरपालिकाले हप्तौं दिनदेखि विराटनगरका नाला छेउमा थुपारिएको फोहरको व्यवस्थापन गर्न सकेको छैन ।
[caption id="attachment_13741" align="alignnone" width="640"]

फोहर व्यवस्थापन हुन नसक्दा सडकमा हिँड्न पनि खतरा भएको छ । नालीमा स्ल्याब नहुँदा सवारी तथा पैदलयात्री क्षण–क्षणमा दुर्घटनामा परेका छन् । सडक पेटीमा हिँड्नु भनेको ठूलो जोखिम मोल्नु भएको विराटनगर–६ का रुपेश भण्डारी बताउनु हुन्छ । विराटनगर मेनरोड, ट्राफिकचोकमा थुपारिएको नालीको फोहरले बाटो हिँडिसक्नु नभएको व्यापारीहरुको गुनासो छ । फोहरका कारण व्यापारमा समेत नोक्शानी पुगेको व्यापारीको भनाई छ ।
Post a Comment