Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सागमा नेपालको २३ वर्षयताकै खराब प्रदर्शन

काठमाडौँ ,फाल्गुन ७ गते । मंगलबार सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले २३ वर्षयताकै खराब प्रदर्शन गरेको छ।

ggs

भारतको गुवाहाटी र सिलोङमा भएको सागमा नेपालले ३ स्वर्ण मात्रै जित्यो। पदक तालिकाको छैटौं स्थानमा खुम्चियो।

३८६ खेलाडीले भाग लिएको नेपाली टोली इतिहासकै जम्बो पनि थियो । नेपालले १९९३ को सागमा १ स्वर्ण, ६ रजत र १५ कांस्य जितेको थियो। त्यसयताका सागमा नेपालले आफ्नो उपस्थिति बलियो बनाउँदै लग्यो।

सन् १९९५ को सागमा ४ स्वर्ण जितेको नेपालले सन् १९९९ मा काठमाडौंमा आयोजना भएको आठौँ सागमा ३२ स्वर्ण हात पारेको थियो। नवौँ सागमा ७ र दसौँमा १५ स्वर्ण जितेको नेपालले ६ वर्षअघि ढाकामा भएको एघारौँ सागमा ८ स्वर्णसहित ३६ पदक जितेको थियो।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget