सप्तरी, फाल्गुन ११ गते ।
सप्तरीको बथनाहा गाविसमा गएराति आगलागी हुँदा करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्लाको बथनाहा गाविस–५ स्थित ढिकुली निवासी नरेश मण्डलको घरबाट विद्युत सर्ट भइ अचानक सल्केको आगोले निजको एउटा र छिमेकी पितम्बर मण्डलको दुई गरी तीनवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेका अन्नपात ,लत्ताकपडा, भाँडाकुँडा खाद्यान्न र नगद जिन्सी गरी करिब रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको बताइएको छ ।
Post a Comment