Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पार्टी एकिकरण गर्न दबाब कार्यक्रम

विराटनगर, २९ माघ । पार्टी एकिकरण दबाब दिँदै अलग अलग दुई पार्टीका बिद्यार्थी संगठनहरुले संयुक्त्त रुपमा कार्यक्रम आयोजना गरेर अघोषित रुपमा पार्टी भैसकेको सन्देश दिएका छन । एकिकृत माओबादी र नेकपा माओबादी क्रान्तिकारी पार्टी समर्थित बिद्यार्थी संङठनहरुले आज बिराटनगरमा संयुक्त्त रुपमा एकता कार्यक्रम आयोजना गरेर पार्टी एकिकरण गर्न दवाव दिँदै अघोषित रुपमा एक भैसकेको सन्देश दिएका हुन ।cpn

बिराटनगर स्थित मोरंङ क्याम्समा आज बिहान एकिकृत माआबादी सर्मिथ बिद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेकपा माओबादी क्रान्तिकारी सर्मित अखिल क्रान्तिकारी ईकाई समितिले संयुक्त्त रुपमा चियापान र रक्त्तदान गरेर एकताको सन्देश दिएका हुन । कार्यक्रममा दुबै बिद्यार्थी संथठनका अगुवा र अतिथिका रुपमा सहभागी भएका एकिकृत माओबादी र नेकपा माओबादी क्रान्तिकारी पार्टीका नेताहरुले पनि दुबै पार्टी एकिकरण गर्न ढिलाई भैरहेकोले चाँडो पार्टी एकता गर्न शिर्ष नेताहरुलाई आग्रह गरे ।

कार्यक्रममा एकिकृत माओबादी पार्टी मोरङका अध्यक्ष गोपी अछामीले सबै कम्युनिष्टहरु मिलेर परिबर्तनकालाङि संघर्ष ङरेको तर आपसी मनोमालिन्यले गर्दा पार्टी बिभाजन हुँदा परिवर्तन सँस्थागत गर्न ढिलाई भैरहेको बताउनुभयो । यसैगरि नेकपा माओबादी क्रान्तिकारी जिल्ला सदस्य बिनिता घिमिरेले कम्युनिष्ट पार्टीहरु सबैको उद्देश्य जनताको सेवा गर्नु भएकोले अव फुटेर हैन जुटेर संयुक्त्त रुपमा जनसेवामा लाङनुपर्नेमा जोड दिनुभयो । उहाँहरु दुबैले बिभाजन भएका पार्टीहरु चाँडो भन्दा चाँडो एकहुनु पर्ने अन्यथा कम्युनिष्ट आन्दोलनलाई धोका हुने बताउनुभयो ।

उक्त्त संयुक्त्त कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारी ईकाई अध्यक्ष जिशस न्यौपानेले गर्नुभएको थियो । संचालन नेकपा माओबादी क्रान्तिकारी समर्थित अखिल क्रान्तिकारी ईकाई अध्यक्ष तुलसी शाहले गर्नुभयो । साथै केन्द्रिय सदस्य तिलक बस्नेतले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभयो । कार्यक्रमा पहिले एकै ठाउँमा रहेर फुटेका दुई पार्टीका कार्यकर्ताहरुले संयुक्त्त चियापान ङरेर पार्टी एकता भएको अघोषित सन्देश पनि दिएका थिए

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget