Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सडक अतिक्रमण कार्य हटाउने पहल भएन

गाईघाट (उदयपुर), २ फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं २ को गाईघाट बजार तथा वडा नं १ को बोक्से क्षेत्रका सडकखण्डमा अतिक्रमण गरी निर्माण भएका घरटहरा अझै हटाउने कार्य भएको छैन ।

लामो समयदेखि जिल्लाको सदरमुकाम गाईघाट बजारको मुख्य चोकदेखि असारी लाइन क्षेत्रका सडकखण्ड अतिक्रमण गरेर निर्माण भएका घर तथा टहराका कारण अहिले पनि यातायात सञ्चालन र ट्राफिक व्यवस्थापन समस्या हुँदै आएको यातायात व्यवसायीहरु बताउँछन् ।

गाईघाट बजारको असारी लाइन सडकखण्डमा झन्डै एक किमी क्षेत्र मुख्य सडकखण्डको दुवै दायाँबायाँ भाग मिचेर लामो समयदेखि खुद्रा व्यापारीहरुले सडक अतिक्रमण गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले नै बताउने गरेको छ ।

सडक अतिक्रमणका कारण अहिले दैनिक सो क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न समस्या झेल्नुपरेको ट्राफिक प्रहरीहरुको गुनासो रहेको छ ।

यता यातायात सञ्चालकहरुको पनि गुनासो उस्तै रहेको छ । बजारको मुख्यखण्डदेखि असारी लाइन क्षेत्रका दुवै सडकका किनारमा व्यापार व्यवसाय सञ्चालन हुँदा दैनिक सवारी सञ्चालनमा समस्या आएको यातायात व्यवसायी हेमन्त कार्की बताउनुहुन्छ ।

कार्की भन्नुहुन्छ – “सडकको दुवै साइडमा टहरा तथा ठेला पसल र खुद्रा पसल सञ्चालन भइरहेको छ, बीच सडकमा मान्छे पनि हिँड्ने अनि यातायात पनि सञ्चालन गर्नुपर्दा एकदमै दुर्घटनाको खतरा बढ्दै गएको छ ।”

यातायात व्यवसायीले दिउँसो र बेलुकीको समयमा धेरै सास्ती तथा ट्राफिक जाम व्यहोर्नुपरेको छ, मानवीय दुर्घटनाका घटनासमेत बढ्न थालेका कारण जोखिमपूर्ण यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको अर्का यातायात व्यवसायी कर्ण तामाङको गुनासो रहेको छ ।

त्रियुगा नगरपालिकाले स्थानीय खुद्रा व्यापारीलाई अन्यत्र व्यापार गर्न स्थान निर्धारण गरे पनि यी व्यापारीहरु अहिलेसम्म हट्न चाहेका छैनन् ।
ठेला सञ्चालकसहित तरकारी व्यापारीले समेत सडक अतिक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको यातायात व्यवसायीहरु बताउँछन् ।
यो सडकखण्डका अतिक्रमण हटाउने जिम्मा त्रियुगा नगरपालिका, यातायत तथा सडक कार्यालय र स्थानीय प्रहरी प्रशासनको हो ।

त्रियुगा नगरपालिकाका कतिपय कर्मचारीले भन्ने गरेका छन् – “निर्वाचित जनप्रतिनिधि नआएसम्म आफूहरु कर्मचारीले यो कार्य गर्न सक्ने अवस्था छैन ।”

त्रियुगा नगरपालिका तथा स्थानीय प्रशासनले पनि सडक अतिक्रमण हटाउने कार्यमा अहिलेसम्म उचित पहल नगरेको र ध्यान नदिएको धारणा सर्वसाधारणको रहेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget