Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

रामचन्द्र पौडेललाई संस्थापन पक्षबाट सभापतिको उम्मेद्वार बनाउन गृहकार्य शुरु

फागुन १४, काठमाडौं ।

नेपाली कंग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई आगामी महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बनाउने गृहकार्यमा उक्त पक्षका नेताहरु व्यस्त भएका छन् ।

पौडेललाई सभापति र सशांक कोइरालालाई महामन्त्रीमा उठाउने विकल्पसहित नेताहरुवीच छलफल तीव्र भएको हो ।

कंग्रेस नेता रामशरण महतको निवासमा बसेको बैठकमा संस्थापन पक्षबाट उम्मेदवार टुङगो लगाउने विकल्पमा छलफल भएको स्रोतको भनाइ छ । पार्टीको नीति तथा कार्यक्रम र महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौलाको प्रतिवेदन टुङ्गो लगाउन बाँकी रहेकाले उम्मेदवारीबारे अन्तिम टुङगो नलागेको बताइएको छ ।

सभापतिमा उम्मेदवारी दिने बताइरहेका सिंह र सिटौलालाई मनाउने प्रयास भइरहेको स्रोतको भनाइ छ ।

पौडेललाई सभापतिको उम्मेदवार बनाउने बिषयमा छलफल भइरहेको नेता शेखर कोइरालाले जानकारी दिनुभयो । पौडेललाई उम्मेदवार बनाउनु स्वभाविक प्रक्रिया भएको कोइरालाको भनाइ छ ।

स्रोतका अनुसार नेतृ सुजाता कोइराला समेत आफ्नो टीमसहितको उम्मेदवारी दिने तयारीमा जुट्नुभएको छ । उहाँ नेता महतको निवासमा भएको छलफलमा समेत सहभागी हुनुभएको थिएन ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget