Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सुशीलको अन्तिम दाहसंस्कार बिहीबार



 काठमाडौं,माघ २६ गते ।  राति निधन भएका कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्तिम संस्कार पर्सि बिहीबार गरिने भएको छ ।

bbhh




१३ औं महाधिवेशनमा देशभर व्यस्त कार्यकर्ताहरु पनि श्रद्धाञ्जली दिन आउने भएकाले उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दुई दिनसम्म पार्टीको सानेपास्थित केन्द्रीय कार्यालयमा राखिने भएको हो ।



सोमबार राति १२ बजेर ५० मिनेटमा निमोनियाका कारण ७९ वर्षमा निधन भएका उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि सानेपामा श्रद्धाञ्जलीका लागि राखिने भनिएपनि आफन्तहरु कोइराला निवास महाराजगन्जमा ढिलोसम्म आउने क्रम रहेपछि केहिबेर ढिलोगरी सानेपातर्फ लगिएको छ ।


सभापति कोइरालाको निधनपछि फागुन २० बाट २३ सम्म हुन लागेको १३ औं महाधिवेशन पनि चैत ३ गतेसम्मका लागि स्थगित भएको छ ।

कोइराला निवासमै भएको पार्टी पदाधिकारीको अनौपचारिक बैठकले १३ दिनसम्म शोक मनाउने निर्णय गर्दै हाल जारी जिल्ला तथा क्षेत्रका अधिवेशन पनि यथाअवस्थामा स्थगित गर्ने निर्णय गरेको थियो ।


 

  • अन्नपुर्ण पोस्ट बाट

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget