Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नयाँ शक्ति गठन

बैतडी, फाल्गुन १४ गते । नयाँ शक्ति नेपालले बैतडीमा पनि अन्तरिम जिल्ला परिषद् गठन गरेको छ ।

mmjio

गोठालापानीको जगन्नाथ बहुमुखी क्याम्पसमा सम्पन्न भेलाले कृष्णप्रसाद बडूको संयोजकत्वमा ४३ सदस्यीय अन्तिरिम जिल्ला परिषद् घोषणा गरेको हो ।

नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय सचिवालय सदस्य एवम्प्रदेश नं ७ का संयोजक लीला भण्डारीको प्रमुख आतिथ्य तथा अन्तरिम केन्द्रीय सचिवालय सदस्य कविता तिमल्सिना, युवा सङ्गठनका ७ नं प्रदेश संयोजक राजेन्द्र भण्डारीलगायतको सहभागिता रहेको भेलाले सहसंयोजकमा रामसिंह भण्डारीलाई चयन गरेको छ ।

यस्तै, उक्त भेलाले धीरेन्द्रबहादुर बमको संयोजकत्वमा २५ सदस्यीय जिल्ला युवा सङ्गठन गठन गरेको छ । सहसंयोजकमा प्रेमसिंह भण्डारी रहेका छन् । क्षेत्रीय संयोजकमा क्षेत्र नं १ मा देवदत्त पन्त, क्षेत्र नं २ मा रामसिंह भण्डारीलाई चयन गरेको जिल्ला संयोजक बडूले जानकारी दिए ।

भेलाले विभिन्न जनवर्गीय सङ्गठन पनि विस्तार गरेको छ । शिक्षक सङ्गठनमा मदनबहादुर चन्द, किसानमा बुद्धिबल्लभ धानुक, दलितमा धनीराम ओड, महिलामा गङ्गा ठगुन्ना, स्वास्थ्य विभागमा प्रकाश मडै र विद्यार्थीमा मदनबहादुर विष्टलाई संयोजकको जिम्मा दिइएको छ ।

पहिलो पटक बैतडीमा गठन भएको नयाँ शक्ति नेपालले आगामी दिनमा सङ्गठन विस्तार एवम् प्रचारप्रसार तथा जनचाहना बमोजिम अघि बढ्ने जिल्ला संयोजक बडूले बताए । (रासस)

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget