
तत्कालिन त्रिचन्द्र अस्पताल तथा हालको धनकुटा अस्पतालको सतवार्षिकी समारोहको उद्घाटन गर्दै सुक्रवार भण्डारीले उक्त कुरा बताएका हुन् । जेष्ठ तथा विधवा लगायतको सामाजिक सुरक्षा भत्ताको हालको रकममा थप गरिने मन्त्री भण्डारीले जानकारी दिए ।
यद्यपी उनले बढोत्तरी गरिने रकमबारे खुलाउन चाहेनन् । ‘मन्त्रीस्तरीय बैठक र सम्बन्धित पक्षको सल्लाहाबाट पछि रकमबारे खुलासा गरिने छ,’ उनले भने, ‘कम्तिमा समयसापेक्ष रुपमा खर्च गर्न सक्नेगरी रकम उपलब्ध गराइने तयारी भएको छ ।
’पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु गरिएको सामाजिक सुरक्षा भत्ता अझैपनि समयसापेक्ष हुन नसकेको भन्दै उनले यसतर्फ वर्तमान सरकार गम्भीर भएको बताए ।
यसैगरी अर्को प्रसंगमा उनले स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन कम्तिमा ग्रामिणतहका योजनामा समेत कम्तिमा ५० लाख विकास बजेट उपलब्ध गराइने तयारी गरिएको बताए ।वि.सं.१९७० सालमा स्थापना भएको धनकुटा अस्पतालको सतवार्षिकी समारोहमा पुगेका अर्थराज्य मन्त्री भण्डारीले उक्त अस्पताललाई हालको २५ बाट ५० शैयामा वृद्धि गरिने समेत जानकारी दिए ।
Post a Comment