Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

३६ औ राष्ट्रिय जुनियर/युवा रेडक्रस गोष्ठी रुपन्देहीको देवदहमा शुरु

कमला अर्याल देवदह फागुन ७ । ३६ औ राष्ट्रिय जुनियर÷युवा रेडक्रस गोष्ठी रुपन्देहीको देवदहमा शुरु भएको छ । एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय उपाध्यक्ष सुर्दशनप्रसाद नेपालले गोष्ठीको उदघाटन गर्नु भएको थियो । केन्द्रिय उपाध्यक्ष नेपालले समाजको परिवर्तन जरुरी रहेको बताउदै समाज परिवर्तनमा युवाहरु अग्रसर हुनु पर्ने बताउनु भयो । उहाले सिकेका कुरालाई आत्मसाथ गर्दै व्यक्तिगत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । मुलुकमा आएका विपत्तिमा नेपाल रेडक्रस सदैव अग्र पंक्तिमा रहेर काम गर्ने गरेको केन्द्रिय उपाध्यक्ष नेपालले बताउनु भयो ।IMG_5166 त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले रेडक्रसमा  राजनितिको गन्ध नभएको बताउनु भयो । जुनियर युवा रेडक्रस समितिका केन्द्रिय सभापति सपूतबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रसका केन्द्रिय महामन्त्री देवरत्न धाख्वा, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, हेड अफ कोओर्पेसन डिपारमेन्टका आईसिआरसि प्रमेश पौडेल, सिनियर प्रोग्राम अफिसर आईसिआरसि, खेम नेपाल, देवदह नगरपालिकाका शाखा अधिकृत गंगाप्रसाद पन्थी, केरवानी उच्च माविका अध्यक्ष नमराज पुरी, रामपुर विश्व विद्यालयका युवा रेडक्रस सदस्य भरत काफले, रुपन्देहीका दोश्रो उत्कृष्ट जुनियर रेडक्रस सर्कलका संरक्षक  मुहम्मद महबुब खा, प्रथम उत्कृष्ट जुनियर रेडक्रस सर्कलका शिक्ष्क नायक माया पाण्डे, तेश्रो उत्कृष्ट जुनियर रेडक्रस सर्कलका जुनियर कृति चौधरी लगाएतले बोल्नु भएको थियो । नेपाल रेडक्रस सोसाईटि रुपन्देहीका सभापति प्रेमलाल उदासको स्वागत र केरवानी उच्च माविका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक कृष्ण न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटि केन्द्रिय कार्यालको आयोजना, नेपाल रेडक्रस सोसाईटि रुपन्देही शाखा र जुनियर रेडक्रस सर्कल केरवानी उच्च माविको आतिथ्यतामा शुरु भएको गोष्ठीका ४५ जिल्लाका विद्यालयका विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय गायक तेजु अर्याल, अनुभव अर्याल, एन वि नेपाली लगाएत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको पूर्व सन्धयामा देवदहको शित्तलनगर चोक देखि कार्यक्रम स्थल केरवानी उच्च मावि सम्म प्रभात फेरी ¥याली निकालिएको थियो । 
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget