Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सरकारको काम प्रभावकारी हुनुपर्छ– एमाओवादी

काठमाडौँ, फाल्गुन ११  गते ।  । एकीकृत नेकपा (माओवादी)ले भारतको अघोषित नाकाबन्दी समेत अन्त्य भएको र तराई–मधेसको आन्दोलन समेत मत्थर भएको अवस्थामा सरकारको काम कारबाही प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

v

अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा हिजो  बसेको सो पार्टीको स्थायी समितिको बैठले दैनिक कार्य सञ्चालनका लागि मात्रै केन्द्रित हुने प्रवृत्तिले सरकारको कामकारबाही अगाडि बढ्न नसक्ने समेत ठहर गरेको छ ।

भूकम्पपछि पुनःनिर्माणको काम प्रभावकारी हुन नसकेको, विभिन्न प्रक्रियाका नाममा पीडितले अझै पनि क्षतिपूर्ति नपाएको र नयाँ आवास निर्माण प्रक्रिया समेत सुरु हुन नसकेको तथा भारतको अघोषित नाकाबन्दीले प्रभावित पारेको अर्थतन्त्रलाई सुधार गर्ने सम्बन्धमा पनि कुनै ठोस कार्ययोजना आउन नसकेको भन्दै एमाओवादीले सो विषयमा सरकारको नेतृत्वकर्ता दलसँग समेत ठोस र परिणाममुखी संवाद गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी महासचिव कृष्णबहादुर महराले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने र जनताका पक्षमा काम गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– “अब पनि बहानाबाजी गरेर सरकारको कामकारबाही धिमा हुनुहुन्न भन्नेमा बैठकले जोड दिएको छ, बहानाबाजीले काम चल्दैन, जनताको पक्षमा हरेक दिन निर्णय हुनुपर्छ, कार्यान्वयन र अनुगमनसमेत प्रभावकारी हुनुपर्छ”–महराले भन्नुभयो ।

यस्तै प्रदेश समितिको विस्तार तथा जनवर्गीय सङ्गठनको भेला तथा आन्तरिक प्रशिक्षण समेत तीव्र रुपमा अगाडि बढाउने निर्णय समेत भएको छ । रासस

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget