Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

जम्मु–काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त, एक क्याप्टेनको मृत्यु

फागुन ९ – भारत प्रशासित जम्मु–काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त भएको छ । जम्मु काश्मिरको पाँपोर क्षेत्रमा शनिबारदेखि भइरहेको भिडन्तमा भारतीय सेनाका एक जना क्याप्टेनको ज्यान गएको छ । भिडन्त अहिले पनि जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भिडन्तमा परी एक क्याप्टेनको ज्यान गएको जम्मु काश्मिरका प्रहरी उपमहानिरीक्षक गुलाम हसन बट्टले जानकारी दिनुभयो ।

यसअघि शनिबार बिद्रोहीको आक्रमणमा परी दुई सुरक्षाकर्मी र एक नागरिकको ज्यान गएको थियो । अन्य १३ जना घाइते भएका थिए । पाँपोर क्षेत्रमा सुरक्षाकर्मी र बिद्रोहीबिच रातभरी पनि भिडन्त भएको थियो । भिडन्त भइरहेको क्षेत्रका सरकारी कार्यालय तथा सुरक्षा निकायका भवनमा जम्मु काश्मिर प्रहरीले घेराबन्दी गरेको छ । अहिले पनि दुवै तर्फबाट गोलीहानाहान भइरहेको छ । भिडन्त भइरहेको क्षेत्र जम्मु काश्मिरको राजधानी श्रीनगरबाट १३ किलोमिटरको दूरीमा छ ।

– एजेन्सीको सहयोगमा

Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget