Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भुर्तेलविरुद्ध 'अकुत' अभियोग

काठमाडौँ , फाल्गुन १२ गते ।  भरतपुर अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेलले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। bhyui
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुर्तेलविरुद्ध अस्वाभाविक रूपमा दुई करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँबराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ। भुर्तेलविरुद्ध अनियमितताका दर्जनौं आरोपसहित अख्तियारमा उजुरी परेका थिए।


अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुल गरी कच्ची भवन बनाएको, स्टोरका सामान र उपकरण खरिदमा नाजायज फाइदा लिएको, कलेजको जग्गा भाडामा दिई आफूले गैरकानुनी रूपमा लाभ लिएको तथा अस्पताललाई हानिनोक्सानी गराएको उजुरी उनीविरुद्ध थियो।


यस्तै आफ्नो सेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको अप्रेसनमा गैरकानुनी रूपमा रकम असुललगायत कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको, गैरकानुनी रकमबाट भरतपुर नगरपालिका ११ र काठमाडौंको कलंकीमा बंगला खडा गरेको दाबीसमेत उजुरीमा थियो।


छानबिनबाट चितवन मेडिकल कलेजमा ६७ लाख रुपैयाँको सेयर, काठमाडौं, नवलपरासीको गैंडाकोट, रजहर एवं चितवनका विभिन्न ठाउँमा रहेको चलअचल सम्पत्ति अवैध रूपले पत्नी रुक्मिणीका नाममा राखेको देखिएको छ।


भुर्तेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ अनुरूप दुई वर्षसम्म कैद, त्यति नै रकम जरिबाना र गैरकानुनी सम्पत्ति जफत गर्न माग गरिएको छ।


ऐनमा सार्वजनिक पदाधिकारीले सम्पत्ति आर्जनको वैध स्रोत पुष्टि गर्नुपर्ने प्रावधान छ। अन्यथा गैरकानुनी सम्पत्ति आर्जन गरेको मानिने व्यवस्था छ।अख्तियारले भुर्तेलले गैरकानुनी रूपले आर्जित सम्पत्तिबाट बढेबढाएको अन्य सम्पत्तिसमेत जफत गर्न माग गरेको छ।


उनकी पत्नी रुक्मिणीविरुद्ध सम्पत्ति लुकाउन मतियार रहेको अभियोग छ । भुर्तेलको कुल चलअचल सम्पत्तिमध्ये दुई करोड ६३ लाखबराबर सम्पत्तिको स्रोत नखुलेको दाबी अख्तियारको छ।


स्रोत नखुलेको चलअचल सम्पत्ति जफत गरी राज्यको सर्वसञ्चिती कोषमा राख्न माग गरिएको छ। भुर्तेल ६५, ६७ र ७१ मा सुपरिटेन्डेन्ट थिए।


अनुसन्धानका क्रममा डा. भुर्तेल भरतपुर, चितवनलगायत विभिन्न सरकारी अस्पतालमा सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गर्दै भ्रष्टाचारमा संलग्न भएको देखिएको छ।


यसअघि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठले एक करोड ६७ लाखबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सजायको माग राख्दै अख्तियारले मुद्दा दायर गरेको थियो।


 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget