Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मोर्चाः थप आन्दोलनको घोषणा

भक्तपुर,माघ २६ गते । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाबन्दी, आमहडताल र सरकारी कार्यालय बन्दको कार्यक्रम तत्काललाई फिर्ता लिँदै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

by
हिजो  मध्याह्नदेखि अपराह्नसम्म भक्तपुरको सानोठिमीस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको मोर्चाको बैठकपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष ठाकुर, तराई–मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सातबुँदे निर्णय सार्वजनिक गरिएको छ ।

मोर्चामा सहभागी सद्भावनाका अध्यक्ष राजेन्द्र महतो बाहेक मोर्चा घटकका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई अझ बढी उचाइ प्रदान गर्दै निर्णायक आन्दोलनका रुपमा रुपान्तरित गरी सशक्त बनाउन मोर्चाले आन्दोलनका कार्यक्रम परिमार्जन गरेको जनाइएको छ ।

आमहडतालमा मोर्चाद्वारा भएको त्रुटि सच्याउँदै आन्दोलनलाई सशक्त रुपमा राजधानीकेन्द्रित बनाउने र मोर्चाबाट बाहिर रहेका अन्य राजनीतिक दललाई पनि मोर्चामा समावेश गराउने निर्णय गरिएको छ ।

बैठकले मोर्चामा सम्बद्ध सद्भावना पार्टीका अध्यक्ष महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुगेको निष्कर्ष निकाल्दै आइन्दा यस्ता क्रियाकलाप नगर्न नगराउन निर्देश गरेको छ ।

आन्दोलनका माग पूरा नभएसम्म सङ्घर्ष गर्ने तथा कालोबजारी र विद्युत्भार कटौतीको विरोध गर्ने निर्णय गर्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि सङ्घर्षबाट पछि नहट्ने मोर्चाको निर्णय छ । बैठकले मोर्चाले राखेका ११ बुँदे माग जनतासमक्ष प्रस्तुत गर्दै गाउँ र नगरमा जनमत सङ्कलनका रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । रासस

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget