Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

देशमा गतिहीनताको अवस्था: ज्ञानेन्द्र शाह

काठमाडौँ, फाल्गुन ७ गते ।  पूर्व राजा ज्ञाननेन्द्र शाहले देशमा विग्रहको अवस्था देखिएको बताएका छन् ।

gz

६६ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार एक शुभकामना सन्देश दिँदै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशिलताका लागि आफू पन्छिएर मार्ग प्रशस्त गरिदिँदा पनि देशको अग्रगतिका लागि साधक सिद्ध हुन नसक्नु दुःखद भएको बताएका हुन् ।

‘राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशिलताका लागि मैले आफू पन्छिएर पनि मार्ग प्रशस्त गरिदिएको हुँ । तर राष्ट्रको सर्वोत्तम समुन्नतिको आकाक्षाबाट म पृथक छैन’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘दूर्भाग्यवश नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाँ विधि एवम् प्रकृया नेपाल र नेपालीको हित एवम् अग्रगतिका निम्ति साधक सिद्ध हुन नसक्नु सबैका लागि दुःखद कुरा हो ।’


देश र जनताको प्रगतिका लागि आफूले मार्ग प्रशस्त गर्दा पनि अहिले देखिएको विग्रहको अवस्था आफूलाई चिन्तित तुल्याएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


‘अहिले देशमा गतिहीनता, संवेदनहीनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ’, उनले भनेका छन्, ‘भविष्यको सुन्दर सपना, शान्ति तथा स्थिरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको अनुभूति मैले गरेको छु ।’


उनले नेपालको एकिकरण, प्रजातान्त्रिकरण, आधुनिकीकरण एवम् मुलुकको अखण्डताको संरक्षण गरि प्रजातान्त्रिक राज्य प्रणाली स्थापनाका निम्ति भएको ऐतिहासिक प्रजातान्त्रिक आन्दोलन सफल बनाउन राजसंस्था र प्रजातन्त्रका निम्ति समर्पित नेपाली जनता सबैको संयुक्त प्रयत्न रहेको जनाएका छन् ।


शुभकामना सन्देशमा उनले अब नअल्मलिई राष्ट्रको भूबनोट, समाजिक स्वरुप, धर्म, संस्कृति र परम्परालाई स्पर्श गरेर सही दिग्दर्शनतर्फ उद्यत्त हुन पनि सबैसँग आह्वान गरेका छन् ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget