Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पाखण्डी ले बनाएको संबिधान नमान्ने

काठमाडौँ, फाल्गुन ६ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस, पहाड र हिमालबाट सरकार विरुद्व एक साथ आन्दोलनको आँधीबेरी चाडै उठ्ने चेतावनी दिएका छन् ।


uup


नाका अवरोध तत्काललाई हटेको भरमा आन्दोलन तुहिएको भ्रम नपाल्न सचेत गराउँदै  यादवले अब देशभरबाट उठ्ने आन्दोलनले सरकारलाई घुँडा टेकाउने चेतावनी दिए ।


बुधबार राजधानीमा आयोजित संघीय समाजवादी फोरम, नेपालका तीन युवा भ्रातृ संगठनहरुको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसी, आदिवासी जनजाति, थारु, दलित, महिला, मुस्लिम, सीमान्कृत र उत्पीडनमा परेका समुदायलाई अधिकार नदिने सरकारविरुद्ध एकसाथ सडकमा उत्रिन आह्वान गरे ।


‘उत्पीडित खस, मधेसी र आदिवासी जनजाति समुदायको उत्पीडन, समस्या, दुःख र माग करिब समान छन्’, समस्या एउटै भएपछि आन्दोलन पनि एकसाथ हुनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने, ‘अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेर संविधान जारी गरिएकोले सडक संघर्षको विकल्प छैन ।’

यादवले केही पाखण्डी नेताले बनाएको संविधान नमान्ने पनि घोषणा गरे । ‘चार पाँचजना पाखण्डी नेताहरुले मनपरी ढंगले बनाएको संविधान जनताले मान्दैनन्’, उनले भने ।


मधेसी, जनजाति, उत्पीडित खस लगायत दलित, महिला, सीमान्तकृतको अधिकार तथा पहिचानलाई यो संविधानले सुनिश्चित नगरेकोले संविधान पुनर्लेखन गर्नुपर्ने उनले माग गरे ।


‘संविधान पुनर्लेखन नहुदाँसम्म मुलुकले निकाश पाउँदैन’, जबरजस्ती संविधान जारी गरेजस्तै संशोधन पनि एकलौटी रुपमा गरिएको भन्दै यादवले भने, ‘विश्व जगतको आँखामा छारो हाल्न मात्रै संविधान संशोधन गरिएको हो, यसले निकास दिँदैन ।’


भ्रष्ट सरकारले मुलुकको वर्तमान समस्या समाधान गर्न नसक्ने दाबी गर्दै सत्ता टिकाउन मात्र जनतालाई खोक्रो आश्वासन सरकारले बाडेको आरोप लगाए ।


‘यो सरकारलाई भ्रष्टाचारी र कालोबजारियाले चलाएका छन्’, उनले भने, ‘होइन भने नाका अवरोध हटेको हप्तौं भइसक्यो तर खोइ त जनताले इन्धनको सहज आपूर्ति पाएका ?’


नेपालको हरेक आन्दोलन र सहादतको अग्रमोर्चामा युवा पुस्ता रहेको स्मरण गर्दै फोरम नेपालका अध्यक्ष यादवले अब उठ्ने आन्दोलनको नेतृत्व लिन युवाहरुलाई आह्वान गरे ।


विदेशमा दुःख कष्ट गरेर युवाहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो योगदान पु¥याएको चर्चा गर्दै युवा पुस्तालाई सक्षम, योग्य, रोजगार बनाउनुपर्नेमा राज्यले युवालाई बेवास्ता गरेको यादवले बताए ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget