Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नवयुगको हृयाट्रिकसँग नेपालको नाटकीय जित, १७ वर्षपछि सागको फाइनलमा

विराटनगर, फागुन २ गते । नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा नेपालले माल्दिभ्समाथि नाटकीय जित हात पारेको छ । र, १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुगेको छ ।
शनिबार राति भएको दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४–३ गोलको रोमान्चक जित हात पारेको छ । नेपालले पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि दोस्रो हाफमा जोगाउन सकेन ६५ औं मिनेटमा कमल श्रेष्ठले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो ।
तर, अतिरिक्त समयको अन्तिमतिर नवयुग श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै हृयाट्रिक मात्र पुरा गरेनन्, नेपाललाई १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुर्‍याएको छ ।

Nepal-Foootball
१९८४ र १९९३ मा साग फुटबलमा स्वर्ण जितेको नेपालले १९९९ मा फाइनल खेलेको थियो । त्यसबेला पनि माल्दिभ्सलाई हराएर नेपाल फाइनलमा पुगेको थियो, शनिबार इतिहास दोहोर्‍याएको छ ।
उसले त नेपालले बङबन्धु कपको फाइनल यात्रा तय गर्ने क्रममा पनि नेपालले माल्दिभ्सलाई नै हराएको थियो । र, उक्त खेलमा पनि नवयुगले हृयाट्रिक गरेका थिए ।
गुवाहटीमा भएको खेलमा नेपालले १५ औं मिनेटमा अन्जन विष्टको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा उत्कृष्ट फुटबल खेलेको नेपालले ३६ औं मिनेटमा नवयुगको गोलबाट अग्रता दोब्बर पार्‍यो ।
तर, दोस्रो हाफमा माल्दिभ्स खेलमा फर्कियो । ५२ औं मिनेटमा माल्दिभ्सका मोहम्मद हम्जाले गोल गरे । ६५ औं मिनेटमा नेपाललाई ठूलो धक्का लाग्यो । कमल श्रेष्ठ दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसको माल्दिभ्सले फाइदा उठायो र नेपाललाई लगातार दबाबमा राख्यो ।
८५ औं मिनेटमा नासिदले बराबरी गोल फर्काए । खेलमा थप गोल भएन र अतिरिक्त समयमा धकेलियो । ११५ औं मिनेटमा हसन जइजले गोल गर्दै माल्दिभ्सलाई ३–२ अग्रता दिलाए । तर, अन्तिम दुई मिनेटमा नेपालले दुई गोल फर्काउँदै नाटकीय जित हात पारेको छ ।
खेलको अन्तिम मिनेटमा नवयुगले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा जाने धेरैको अनुमान थियो । तर, खेल सकिन केही सेकेन्ड मात्र बाँकी छँदा नवयुगले हृयाट्रिक पुरा गरे र नेपाल विजयी भएको छ । अब नेपालले उपाधिका लागि भारतसँग खेल्नेछ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget