Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एमालेको आमसभाको तीब्र तयारी

 

विराटनगर, फागुन ९ गते । नेकपा एमाले पूर्वाञ्चलद्वारा यही फागुन २२ गते आयोजना हुने क्षेत्रीय आमसभाको तयारी तीव्ररुपमा भइरहेको छ ।
पार्टी प्रचार विभाग मोरङको आइतवार विराटनगरमा बसेको बैठकले तयारीका विषयमा छलफल गर्दै कार्यक्रमलाई प्रभावकारी तुल्याउनका लागि आवश्यक कार्ययोजना समेत बनाएको छ ।
प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वाञ्चलका सबै जिल्लाहरूसँग समन्वय गरी प्रचार अभियानलाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।
पार्टीले सञ्चालन गरेको तीन महिने जागरण अभियानको समापनका अवसरमा पार्टी केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल लगायत केन्द्रीय नेताले सम्बोधन गर्ने जनसभालाई भव्यता दिन आवश्यक प्रचार प्रसारलाई प्रभावकारी बनाउन विभिन्न व्यक्तिहरूलाई थप जिम्मेवारी तोकिएको छ ।
कार्यक्रमलाई व्यापकता दिन प्रचारप्रसारका सबै उपायहरू अबलम्बन गर्ने नीति पार्टीले लिएको छ । प्रचार अन्तर्गत सञ्चार संयन्त्रको उपयोग, पोष्टर पम्प्लेट, माइकिङ्, स्वागत गेट, तुल व्यानर, मोटरसाइकल ¥याली आयोजना जस्ता कार्य गर्ने निर्णय पनि विभागले गरेको छ ।
मोरङका नगरपालिका तथा गाविसहरूमा स्थानीय पार्टी कमिटीको आयोजनामा फागुन २० गतेभित्र सन्देशप्रवाह हुने किसिमले मोटरसाइकल ¥याली गर्नुपर्ने र विराटनगरमा २१ गते सम्भव भएसम्मका विराटनगर वरपरका ठाउँहरूबाट पार्टी कार्यालय पाञ्चालीमा भेला भई मोटरसाइकल ¥याली गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्यक्रमको अन्तिम तयारी अवस्थाबारे जानकारी गराउन फागुन २० पार्टी कार्यालय पाञ्चालीमा वृहद पत्रकार सम्मेलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकका प्रमुख अतिथि जिल्ला कमिटीका अध्यक्ष महेश रेग्मीले क्षेत्रीयस्तरको कार्यक्रम भए पनि स्थानीय व्यवस्थापन मोरङले गर्नुपर्ने भएकोले जिम्मेवारी मोरङलाई बढी रहेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष रेग्मीले मोरङ जिल्लामा सञ्चालित तीन महिने मधेस जागरण अभियान प्रभावकारी रुपमा सञ्चालन भइरहेको जानकार दिनुभयो ।
क्षेत्र नं. १ र ४ मा केही प्राविधिक समस्याका कारण अभियानमा अलि बिलम्ब भएर पनि पछिल्लो समयमा अभियानको काम व्यवस्थित भएको उहाँले जानकारी दिनुभयो ।
अन्य क्षेत्रहरूमा उत्प्रेरकहरूलाई खटाइएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह भएको र जनसस्तरमा समेत कार्यक्रमको सकारात्मक प्रभाव परेको अनुगमनका क्रममा देखिएकोछ–अध्यक्ष रेग्मीले भन्नुभयो ।
फागुन २२ गते कम्तीमा ६० हजार जनता विराटनगरको कार्यक्रममा उतार्नुपर्ने मोरङ जिल्लाको जिम्मेवारीलाई पूरा गर्न विभिन्न उपसमिति बनाई जनसभाको कार्यक्रमको तयारी भइरहेको बताउँदै उहाँले त्यसका लागि आवश्यक खर्च व्यवस्थापन चुनौतीपूर्ण रहेकोे बताउनुभयो ।
करिव ५० लाख खर्च अनुमान गरिएको कार्यक्रमका लागि सबै जिल्लाहरूसँग समन्वय भइरहेको अध्यक्ष रेग्मीको भनाई थियो ।
बैठकमा मोरङ जिल्ला पार्टी सचिव ऋषिकेश पोखरेल, प्रेस चौतारी फाँट प्रमुख मिनकुमार आचार्य, प्रचार उपसमिति सदस्यहरू महेन्द्र विष्ट, डिल्ली पोखरेल, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, लीला रिजाल, मीरा दाहाल, सञ्जु साह लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget