Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मधेसी जनता बिनाबर्दीका सेना

काठमाडौँ, फाल्गुन १४ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सधैं सिमानामा बसेर देशको रक्षा गरेका मधेसी जनता देशका बिनाबर्दीका सेना भएको बताएका छन् ।

nn

रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले देशको रक्षा र निर्माणमा सबै जनताको उत्तिकै भूमिका भएकामा जोड दिँदै भने,‘यहाँ मधेसीलाई विदेशीलाई जस्तोव्यवहार गरिन्छ, तर उनीहरुले नेपाली सीमाको रक्षा बिनाबर्दीका सेनाका रुपमा गरेका छन् ।’

हिमाली, पहाडी र मधेसीको भावनात्मक एकतामा जोड दिएका अध्यक्ष यादवले हिजोको मधेस आन्दोलन अब जनआन्दोलनको स्वरुपमा परिवर्तन भएको बताउँदै भने, ‘अब आन्दोलनको थलो काठमाडौँ हुनेछ र आन्दोलनकारी हिमाली, पहाडी र मधेसी सबै हुनेछन् ।’ आन्दोलन अन्त्य नभएको र स्वरुपमात्र बदलिएको बताउँदै उनले भने, ‘जनआन्दोलन शान्तिपूर्ण हुनेछ ।’

फरक प्रसङ्गमा अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई ‘एजेन्डाविहीन घुमफिर’को सङ्ज्ञा दिए । भ्रमणले नेपाल र भारतको सम्बन्ध सुधार गर्न नसकेको बताउँदै उनले टिप्पणी गरे ।

सीमाङ्कनलगायतका मुद्दा समाधान गर्न उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा बनेको राजनीतिक संयन्त्रलाई मधेसी मोर्चाले नमान्ने नेता यादवले बताए । रासस

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget