Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

उच्च मावि अब घरबाट समेत

काठमाडौँ,   फाल्गुन १२ गते ।  सरकारले आउँदो शैक्षिक सत्रदेखि खुला/दूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ । विद्यालयमा नियमित उपस्थित नभई घरमै बसेर अध्ययन गर्न पाउने व्यवस्थाले कामदार, गृहिणी, पेसाकर्मीका लागि उच्च माध्यमिक तहको शिक्षामा पहुँच सहज हुनेछ ।

vgt

दुर्गम, शैक्षिक, सामाजिक र आर्थिक कारणले पिछडिएका वर्गले समेत खुला/दूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्ने अवसर पाउनेछन् ।

उच्च माध्यमिक शिक्षा परिषदको सोमबार बसेको बोर्ड बैठकले उच्च माध्यमिक तहमा आगामी शैक्षिक सत्र २०७३ बाट खुला/दूर शिक्षा पद्धति लागू गर्ने निर्णय गरेको हो । यो पद्धतिको व्यावहारिक अन्तरवस्तु र कार्यविधि तयार गर्न शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।

बराल शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशक हुँदा प्लस टुमा खुला/दूर शिक्षा प्रणालीबाट पठनपाठन गराउन निर्देशिका बनेको छ । खुला शिक्षा सुरु गर्ने निर्णय भएपछि यो निर्देशिकाले पूर्णता पाउने भएको छ ।

निर्देशिकाअनुसार यो पद्धतिबाट अध्ययन गर्ने विद्यार्थीले एक वर्षमा सात पटक सम्पर्क कक्षामा सहभागी हुनुपर्नेछ । एक पटकमा बढीमा ५ दिनको कक्षा हुनेछ । यस अनुसार वर्षमा १ सय ७५ घण्टा सम्पर्क कक्षामा सहभागी हुनुपर्छ । कक्षामा न्यूतम २१ दिन उपस्थित भएमा आन्तरिक परीक्षा उत्तीर्ण भइनेछ ।

एउटा सम्पर्क कक्षाको अवधि र अर्को सम्पर्क कक्षाबीचको अवधि ३० दिनदेखि ४५ दिनभित्रको परिकल्पना गरिएको छ । शैक्षिक सत्रमा सञ्चालन गरिने सम्पर्क कक्षाका लागि सम्बन्धित विद्यालयले परिचयात्मक कार्य, पाठ्य विषयवस्तु, गृहकार्य, परियोजना तथा प्रयोगात्मक, परीक्षा र समय तालिका विकास गरी विद्यार्थीलाई अगाडि नै जानकारी गराउनेछ । अन्तिम सम्पर्क कक्षाबाहेक अन्यमा प्रत्येक विद्यार्थीलाई सम्बन्धित विषय शिक्षकले एक–एक वटा गृहकार्य र परियोजना कार्य दिनुपर्ने हुन्छ ।

यो प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारले स्वअध्ययन सामग्री, श्रव्य र दृश्य सामग्री तयार गर्नेछ । आमनेसामने सम्पर्क कक्षा तथा कार्यशाला, रेडियो/टिभीबाट प्रसारण, पाठ्यसामग्री सीडीमा उपलब्ध गराएर, वेबसाइटमा राखिएको सामग्री, टेलिफोन सम्पर्क, अडियो, भिडियो कन्फरेन्सबाट विद्यार्थीले अध्ययन गर्न सक्छन् । माध्यमिक तहमा
पनि मुलुकमा ८४ विद्यालयबाट खुला शिक्षा अध्ययन गर्न सकिन्छ । यसमध्ये ७१ वटा उच्च माध्यमिक विद्यालय छन् ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget