Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

यौन दुर्व्यवहार गर्ने दुई न्यायाधीश

काठमाडौँ, फाल्गुन ११ गते । प्रधान न्यायाधीश कल्याण श्रेष्ठले महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका दुई जिल्ला न्यायाधीशमाथि छानबिन गर्ने भएका छन् ।

bbhhuu

महोत्तरीका न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बास्तोलाले रक्सीले मातेर एक महिलालाई हातपात गरेको घटना सार्वजनिक भएपछि प्रधान न्यायाधीश कल्याण श्रेष्ठले उनीहरुलाई सोमबार सर्वोच्चमा बोलाएका हुन् ।

‘घटनामाथि सार्वजनिक टिप्पणीसमेत उठिसकेपछि यसबारे छानबिन हुन लागेको हो’ सर्वोच्चको उच्च स्रोतले भन्यो ,‘समग्र न्यायसेवामै र न्यायाधीशको गरिमामै प्रश्न खडा भएकाले छानबिन र दोषी ठहरिएमा कारबाही गर्न सम्माननीयज्यूले तत्परता देखाउनु भएको हो ।’

महोत्तरीको एक होटलमा न्यायाधीशद्वयले रक्सीले मातिएका अवस्थामा एक महिलामाथि आइतबार हातपात गरेको अभियोग लागेको छ । बास्तोलाले महिलालाई पाखुरामा समातेर अभद्र भाषामा होटलको कोठामा लैजान खोजेपछि उनी चिच्याएको स्थानीय वासिन्दाले प्रहरीमा बयान गरेका छन् ।

महिला कराएपछि न्यायाधीश भाग्न खोज्दै कारमा चढेका थिए । स्थानीय बासिन्दा र पीडितका आफन्तले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाइदिएका थिए । तर प्रहरीले पक्राउ गर्नुका बदला न्यायाधीशलाई उम्काउने काम गरेको पीडित पक्षको दाबी छ ।

पीडित महिला सहकारीका कर्मचारी हुन् र पैसा उठाउँदै पसलहरुमा पुग्नु उनको काम हो । यसै सिलसिलामा उनी बर्दिबासको शिश महल भन्ने होटलमा पुगेका बेला मदिरा पिएर बसिहरेका न्यायाधीशले हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले पीडित महिला र तिनका आफन्तको जाहेरी बुझ्नु सट्टा उल्टै घटनालाई सामसुम पारेको समाचार सार्वजनिक भएपछि सर्वाेच्चमा यसबारे सोधखोज भएको हो । न्यायाधीशले पीडित महिलासँग हात जोडेर माफी मागेपछि उनलाई छाडिएको सूचना सर्वोच्चमा आएको छ ।

‘घटना सरसर्ती हेर्दा पनि एउटा न्यायाधीशको आचरणका लागि सुहाउने खालको छैन’ सर्वोच्चका ती अधिकारीले भने,‘यस्तोमा उहाँहरुलाई अदालतमै राखिराख्न उपयुक्त देखिएछ, न्यायाधीशको आचरण नै न्याय दिने आधार हो, त्यसमा प्रश्नहरु उठेपछि र सार्वजनिक रुपमै घटना देखिएपछि छानबिन गर्नु र सत्यतथ्य बुझ्नु आवश्यक हुन जाने भएरै सम्माननीयज्यूले छानबिनका लागि प्रक्रिया अघि बढाउनु भएको हो ।’

न्यायाधीशद्वयलाई हाल कुनै पनि जिम्मेवारी दिइएको छैन । सर्वोच्च स्रोतका अनुसार यो एक हिसाले निलम्बनको अवस्था हो । छानबिनबाट गलत प्रमाणित भए उनीहरुलाई सेवाबाट हटाउन सक्नेसम्मको अधिकार न्यायपरिषदका अध्यक्षका हैसियतले प्रधान न्यायाधीशलाई छ ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget